कञ्चनपुर घटनाको माओवादी केन्द्रद्वारा भत्र्सना

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले कञ्चनपुर घटना नेकपा एमालेको राजनीतिकरुपमा पराजित मानसिकतामा पुगेपछि गुण्डागर्दीको सहारा लिएर मतदातालाई प्रभावित गर्न खोजेको बताएको छ । बुधबार एमालेका कार्यकर्ताको आक्रमणबाट लालझाडी गाउँपालिका–१ का माओवादी केन्द्रका उम्मेदवार दिनेश राना घाइते भएका थिए ।माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दै उक्त घटनाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यसको विरोध तथा भत्र्सना गरेको जनाएको छ । माओवादी केन्द्रले एमाले हारको मानसि

सम्बन्धित सामग्री

विना मगरलाई पराजित गर्दै कञ्चनपुर १ मा एमालेका तामाङ विजयी

कैलालीः कञ्चनपुर १ मा नेकपा (एमाले) का तारा लामा तामाङ विजयी भएका छन्। तामाङले सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की विना मगरलाई चार हजार ९११ मतान्तरले पराजित गरेका हुन्। तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरिन। ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा…

बिना मगरलाई पराजित गर्दै कञ्चनपुर १ मा एमालेका तारा लामा विजयी

धनगढी – कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का तारा लामा तामाङ विजयी भएका छन्। तामाङले गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की बिना मगरलाई ४ हजार ९११ मत अन्तरले पराजित गरेका छन्। तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरेकी छन्। ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा […]

कञ्चनपुर २(क) मा माकेका भाट विजयी

कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र नं २ (क१) मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा(माओवादी केन्द्र) का ओमविक्रम भाट निर्वाचित भएका छन्। निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत मोहनीप्रसाद उपाध्यका अनुसार निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बच्चनबहादुर सिंहलाई ४७५ मतले हराउँदै भाट निर्वाचित भएका हुन्। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका भाटले १० हजार ९२५ मत ल्याएका छन्। सिंहले १० हजार ४५० मत ल्याएका छन्। निर्वाचन क्षेत्र नं २(१) मा ५४ हजार ६८८ मतदाता रहेकोमा ३३ हजार

कञ्चनपुर १ बाट बीना मगर सर्वसम्मत सिफारिस

नेकपा माओवादी केन्द्रले कञ्चनपुर क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि बीना मगरको नाम सिफारिस गरेको छ । बिहीबार बसेको माओवादी केन्द्र क्षेत्र १ को बैठकले प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि मगरको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको नेता दीपक तिमिल्सिनाले जानकारी दिए । माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य रहेकी मगर ०७० सालमा दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएकी थिइन् । २०७४ मा को निर्वाचनमा भने कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टलाई दोब्बर मतले पराजित गर्दै निर्वाचित भएकी थिइ

कञ्चनपुर १ बाट पूर्वमन्त्री बिना मगर सर्वसम्मत सिफारिस

नेकपा (माओवादी केन्द्र)ले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि बिना मगरको नाम सर्वसम्मत सिफारिस गरेको छ। बिहीबार माओवादी केन्द्र क्षेत्र १ को बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारका...

यी हुन् माओवादी केन्द्र प्रवेश गरेका विप्लव नेकपाका नेताहरु

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका ६० जनाभन्दा बढी नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।पुन महाकाली ब्यूरो इन्चार्ज समेत हुन् । यस्तै पूर्व केन्द्रीय सदस्य शंकर बहादुर खड्का सेती ब्यूरो इन्चार्ज हुन् भने दलबहादुर धामी महाकाली इन्चार्ज हुन्। पूर्व दार्चुला तथा कञ्चनपुर जिल्ला इन्चार्ज समेत रहेका परियार हाल विशेष

नेकपा (माओवादी केन्द्र)का नगर प्रमुख पदका उम्मेदवार विरुद्ध उजुरी

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नवराज ऐर विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।माओवादी केन्द्रबाट आगामी वैशाख ३० गते हुने  स्थानीय तह चुनावका लागि नगर प्रमुख पदमा मनोनयन दर्ता गरेका उम्मेदवार ऐर विरुद्ध सोही पार्टीका लोक बहादुर ऐरीले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।निर्वाचन अधिकृत ताराप्रसाद जोशीले नगर प्रमुख पदका उम्मेदवार ऐर विरुद्ध परेको उजुरी निर्वाचन आयोगमा पठाइएको बताए।‘आयोग

माओवादी केन्द्र कञ्चनपुरको इन्चार्जमा भट्ट नियुक्त

कञ्चनपुर-  नेकपा (माओवादी केन्द्र) को कञ्चनपुर जिल्ला इन्चार्जमा टेकेन्द्रप्रसाद भट्ट चयन भएका छन् । माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका भट्टलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको हो । शुक्लाफाँटा नगरपालिका –१० झलारीका ४२ वर्षीय भट्ट यसअघि पनि पार्टीको जिल्ला अध्यक्ष रहिसकेका छन् । उनी  संविधानसभा पूर्वसदस्य पनि हुन् ।

एमसिसी पास गरेपछि वडाध्यक्षले छाडे माओवादी केन्द्र

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-८ का वडाध्यक्ष बहादुरसिंह महराले नेकपा (माओवादी केन्द्र) परित्याग गरेका छन्।अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि महराले चार दिनअघि पार्टी र वडाध्यक्ष दुबै छाड्ने घोषणा गरेका थिए। महराले बिहीबार प्रेस विज्ञप्ति जारी गरी नेकपा माओवादी केन्द्र छाडेको घोषणा गरेका छन्।महराले विज्ञप्तिमा एमसीसी पारित गरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू लगायतका इमान्दार नेता कार्यकर्तालाई लज्जित बनाएको दुखेसो पोखेका छन्। एमसीसी पारित गर्ने प्रचण्डको कदमलाई उनले जघन्य राष्ट्

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश अध्यक्षमा चौधरी

कञ्चनपुर : नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी (उत्सव) निर्वाचित भएका छन्। प्रदेश निर्वाचन समितिका अनुसार खसेका २ सय १० मतमध्ये चौधरी १ सय १४ मत पाउँदै विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी मानबहादुर धामी (सन्तोष)ले ९३ मत पाएका छन्।प्रदेश समितिको उपाध्यक्षमा अक्कल रावल (अछाम ), मानसिंह माल (डडेल्धुरा) र रणबहादुर कुँवर (बैतडी) विजयी भएका छन्। सचिवमा जनक बुढा (बझाङ), सह- सचिवमा नन्दबहादुर साउद राजेन्द्र (कैलाली), रामबहादुर देवकर (कञ्चनपुर) र अन्जिता श्र