कञ्चनपुर २(क) मा माकेका भाट विजयी

कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र नं २ (क१) मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा(माओवादी केन्द्र) का ओमविक्रम भाट निर्वाचित भएका छन्। निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत मोहनीप्रसाद उपाध्यका अनुसार निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बच्चनबहादुर सिंहलाई ४७५ मतले हराउँदै भाट निर्वाचित भएका हुन्। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका भाटले १० हजार ९२५ मत ल्याएका छन्। सिंहले १० हजार ४५० मत ल्याएका छन्। निर्वाचन क्षेत्र नं २(१) मा ५४ हजार ६८८ मतदाता रहेकोमा ३३ हजार

सम्बन्धित सामग्री

कञ्चनपुर–१ बाट एमालेका तारा लामा विजयी : बिना मगर पराजित

कञ्चनपुर - कञ्चनपुर–१ बाट प्रतिनिधि सभामा नेकपा एमालेका तारा लामा तामाङ विजयी हुनुभएको छ । राति सकिएको मतगणना अनुसार तामाङले २४ हजार ८९२ मत ल्याएर विजयी हुनुभयो । उहाँले नेकपा माओवादी केन्द्रकी बिना मगरलाई ५ हजार ५४६ मतान्तरले हराउनुभएको छ । बिना मगरले १९ हजार ३४६ मत प्राप्त गर्नुभयो । यो क्षेत्रबाट २०७४ सालमा भएको चुनावमा बिना मगर विजयी हुनुभएको थियो ।

कञ्चनपुर १ मा एमालेका तामाङ विजयी

धनगढी – कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका तारा लामा तामाङ विजयी भएका छन्। तामाङले गठबन्धनका उम्मेदवार नेकपा ९माओवादी केन्द्र० की बिना मगरलाई चार हजार ९११ मत अन्तरले पराजित गरेका छन्। तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरेकी छन् । ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा […]

कञ्चनपुर–२ मा कांग्रेसका एनपी साउद विजयी

काठमाडौं, ८ मंसिर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसका उम्मेदवार एनपी साउद प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार साउद २८ हजार १०० मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मत प्राप्त गरेका छन् । राष्ट्रिय […]

कञ्चनपुर २ मा कांग्रेसका एनपी साउद विजयी

कञ्चनपुर : कञ्चनपुर क्षेत्र नं.२ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद ६ हजार ४५५ मतान्तरले विजयी भएका छन्। २८ हजार १०० मत प्राप्त गरी उनी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मात प्राप्त गरे।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकरराज जोशीले चार हजार ९३१ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले तीन हजार ५१० मत ल्याए ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो क्षेत्रमा ६

कञ्चनपुर–२ मा कांग्रेसका एनपी साउद विजयी

कञ्चनपुर, मंसिर ८ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार साउद २८ हजार १०० मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार […]

कञ्चनपुर २ मा कांग्रेसका एनपी साउद विजयी

कञ्चनपुर – कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद प्रतिनिधिसभा सदस्यमा विजयी हुनु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार साउदले २८ हजार १ सय मत पाउनु भयो भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६ सय ४५ मत पाउनुभयो । साउद ६ हजार ४ सय ५५ मतान्तरले विजयी हुनु भएको हो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकरराज जोशीले चार हजार ९ सय ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले तीन हजार पाँच सय १० मत ल्याउनुभ...

प्रधानमन्त्री कप प्रदेशस्तरीय छनौट खेलमा कञ्चनपुर विजयी

काठमाडौँ – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको पहिलो खेलमा कञ्चनपुर पाँच विकेटले विजयी भएको छ । महेन्द्रनगरको कभर्डहलस्थित मैदानमा आज भएको खेलमा डोटीले दिएको एक सय ४२ रनको लक्ष्य पूरा गर्दै कञ्चनपुरले विजयी सुरुआत गरेको हो । कञ्चनपुरले २४ ओभरमा पाँच विकेट गुमाउँदै डोटीले दिएको लक्ष्य पूरा गरेको हो । टस […]

कञ्चनपुर लालझाडी–६ मा कांग्रेस विजयी

कञ्चनपुर : लालझाडी गाउँपालिका–६ मा नेपाली कांग्रेसका हर्कनारायण जोशी प्यानलसहित विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयअनुसार जोशीले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका फूलाराम चौधरीलाई ११५ मतान्तरले हराउँदै जोशी वडाध्यक्षमा निर्वाचित भएका हुन्। जोशीले ४६४, चौधरीले ३४९ र एमालेका उम्मेदवार जीतबहादुर चौधरीले २६६ मत प्राप्त गरेका छन्।

कञ्चनपुर क्षेत्र नं २ का सभापतिमा सिंह विजयी

कञ्चनपुर :  नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा लालबहादुर सिंह विजयी भएका छन्।मंगलबार अपराह्न सम्पन्न मतगणनाको परिणामअनुसार सिंह ३ सय ४१ मत ल्याई विजयी भए। उनका प्रतिद्वन्द्वी नवराज जोशीले १ सय ५७ मत पाए।क्षेत्रीय सचिवमा गणेशबहादुर विष्ट र थानेश्वरप्रसाद भट्ट विजयी भएका छन्। सहसचिव पदमा काशिराम भाट र रमेशप्रसाद भट्ट विजयी भएका छन्।यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ का क्षेत्रीय सभापतिमा केशवबहादुर चन

कञ्चनपुर क्षेत्र नम्बर ३ को कांग्रेस क्षेत्रीय सभापतिमा चन्द विजयी

कञ्चनपुर : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कञ्चनपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा केशवबहादुर चन्द विजयी भएका छन्। चन्द प्यालनसहित विजयी भएका हुन्।चन्दले ३३० मत ल्याए भने उनका निकतटम प्रतिद्वन्दी गणेश नेगीले १९३ मत ल्याएका छन्। सचिवमा उमेशप्रसाद जोशी र गंगादत्त भट्ट विजयी भएका छन्। सहसचिवमा अर्जुनदत्त भट्ट र खड्कबहादुर बस्नेत विजयी भएका छन्।महाधिवेशन प्रतिनिधिको मतगणना जारी रहेको निर्वाचन अधिकृत भवानीप्रसाद पन्तले बताए। क्षेत्रीय समितिमा विजयी हुनेहरू ने