कञ्चनपुर : नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी (उत्सव) निर्वाचित भएका छन्। प्रदेश निर्वाचन समितिका अनुसार खसेका २ सय १० मतमध्ये चौधरी १ सय १४ मत पाउँदै विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी मानबहादुर धामी (सन्तोष)ले ९३ मत पाएका छन्।प्रदेश समितिको उपाध्यक्षमा अक्कल रावल (अछाम ), मानसिंह माल (डडेल्धुरा) र रणबहादुर कुँवर (बैतडी) विजयी भएका छन्। सचिवमा जनक बुढा (बझाङ), सह- सचिवमा नन्दबहादुर साउद राजेन्द्र (कैलाली), रामबहादुर देवकर (कञ्चनपुर) र अन्जिता श्र