हात्तीपाइले रोगविरुद्धको औषधि सेवन सुरु

नेपालगञ्ज – बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन सुरु गरिएको छ। स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहका अनुसार शनिबारदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन सुरु गरिएको हो । बाँकेमा यो १२ औँ चरणको औषधि सेवन हो । यसपाली बाँकेमा तीन थरीको औषधि खुवाइएको छ । अल्बेन्डाजोल, डिइसीसँगै आइभरमेक्टिन नामक औषधि खुवाइएको छ । अहिले उचाईका आधारमा औषधि […]

सम्बन्धित सामग्री

हाम्रो समाजलाई हात्तीपाइले मुक्त गराउँछौँ

सरकारले १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम सुरु गरेको छ। फागुन ११ गतेदेखि यो अभियान सुरु गरेको हो। विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगका रूपमा चिनिएको यो रोगको नेपालका ५३ जिल्लामा संक्रमण देखिएपछि सरकारले सन् २००३ देखि निवारणका लागि औषधि सेवन गराउने कार्य सुरु गरेको थियो। हात्तीपाइले रोग निवारण रणनीति […]

सुरु भयो हात्तीपाइले रोगविरुद्धको अभियान

नेपालगञ्ज–  नेपालगञ्ज उपमहानगरपालिकाले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम शुभारम्भ गरेको छ। राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम २०७९ अन्तर्गत वडा नम्बर ३ को वडा कार्यालयमा बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी औषधि सेवन कार्यक्रम शुभारम्भ गरिएको हो। ‘हात्तीपाइले विरुद्धको औषधि खाऔंः यो बर्षलाई अब अन्तिम बनाऔं’ भन्ने नाराका साथ अभियान सुरु गरिएको हो। अभियान शुभारम्भ […]

नेपालगन्जमा हात्ती पाइले रोगविरुद्धको औषधि खुवाउनै सकस

हात्ती पाइले रोगविरुद्धको औषधि कम सेवन गर्नेमा नेपालगन्ज उपमहानगरपालिका पहिलो भएको छ। सरकारले गत फागुन २८ गतेदेखि बाँकेसहित १० जिल्लामा राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत औषधि सेवन कार्यक्रम सुरु गरेको थियो।...

हात्तीपाइले रोग प्रभावित १० जिल्लामा औषधी खुवाइँदै

सरकारले हात्तीपाइले प्रभावित १० जिल्लामा हात्तीपाइले रोग औषधि खुवाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय आम औषधि सेवन झापा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा सुरु गरिएको छ ।७७ जिल्ला मध्ये हात्तीपाइले रोगबाट प्रभावित रहेका जिल्लामा शनिबार अर्थात्, हिजो देखि  आम औषधि खुवाउन सुरु गरिएको हो । दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती महिला, सात दिनसम्मका सुत्केरी महिला र ओछ्यान परेमा सिकिस्त बिरामीहरू यो औषधि सेवन गर्न नहुने मन्त्

हात्तीपाइले रोगविरुद्ध आम औषधि सेवन कार्यक्रमः सहरवासी नै खाँदैनन् औषधि

दाङ – दाङमा आज शनिबारदेखि हात्तीपाइले रोगविरुद्ध आम औषधि सेवन कार्यक्रम अभियान सञ्चालन हुँदैछ। जिल्लाका ६ लाख ५५ हजार ७६१ जनालाई औषधि खुवाउने लक्ष्य रहेको छ। हात्तीपाइले रोग निवारण गर्न राष्ट्रिय आम औषधि सेवन कार्यक्रम जिल्लामा १२औं पटक सुरु भएको हो। पटक–पटक कार्यक्रम सञ्चालन गरिए पनि औषधि सेवन गर्ने संख्या कम भएपछि पुनः आम औषधि […]

हात्तीपाइले रोगविरुद्धको अभियानमा जुटे बाँकेका स्थानीय तह

२२ फागुन, राँझा । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन बाँकेका स्थानीय तहले चासो देखाएका छन् । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहस्तरमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्वास्थ्यकर्मीलाई समन्वय गरी परिचालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी र खजुरा गाउँपालिकाले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत आम औषधि सेवन […]

हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

झापा – हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानका लागि आवश्यक जिल्लामा तयारी सुरु गरिएको छ। दशकदेखि अभियान सञ्चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकाले एघारौँपटक अभियान सञ्चालन हुन लागेको हो। भद्रपुर नगरपालिकामा बिहीबार पहिलोपटक अभियानबारे सर्वपक्षीय अन्तक्र्रिया गरिएको छ। कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले हात्तीपाइले रोग, यसबाट बच्ने उपाय, आमऔषधि सेवन अभियान […]

हात्तीपाइले रोग विरुद्धको औषधि खुवाईँदै

बलेवा–जिल्लामा १३औँ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । १२औ पटक आम औषधि सेवन अभियान सञ्चालन भइसकेको बागलुङमा अझै हात्तीपाइले रोगका बिरामी फेला परेकाले १३औँ पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आम औषधि सेवन कार्यक्रम सञ्चालनका लागि बागलुङका सरोकारवालासँग समीक्षा तथा योजना गोष्ठी सम्पन्न गरेको […]

कैलालीमा हात्तीपाइले विरुद्धको औषधि सेवन

कैलाली :  हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत कैलालीमा आजदेखि हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान सुरु भएको छ।कैलालीका १३ वटै स्थानीय तहमा एकै पटक औषधि सेवन अभियान सुरु भएको स्वास्थ्य कार्यालय कैलालीमा प्रमुख लाल बहादुर धामीले जानकारी दिए।९औं चरणको हात्तीपाइले बिरुद्धको आम औषधी औषधि सेवन अभियान १० दिन सम्म चल्ने  कार्यालयका प्रमुख लाल बहादुर धामीले बताए।उनले भने, ‘जिल्लामा ८ लाख ४१ हजार २ सय १ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ। सुदूरपश्चिमका ८ वटा जिल्लाहरुमा हात्तीपाइले

चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्ध औषधि खुवाइँदै

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हात्तीपाइले रोगकोको उच्च जोखिममा रहेका झापा,धनकुटा, मोरङ,बारा, लमजुङ, पर्वत, बागलुङ,कपिलवस्तु, दाङ,बाँके, बर्दिया र कैलालीमा आम औषधि सेवन कार्यक्रम संचालन हुन लागेको जनाएको छ।