हाम्रो समाजलाई हात्तीपाइले मुक्त गराउँछौँ

सरकारले १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम सुरु गरेको छ। फागुन ११ गतेदेखि यो अभियान सुरु गरेको हो। विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगका रूपमा चिनिएको यो रोगको नेपालका ५३ जिल्लामा संक्रमण देखिएपछि सरकारले सन् २००३ देखि निवारणका लागि औषधि सेवन गराउने कार्य सुरु गरेको थियो। हात्तीपाइले रोग निवारण रणनीति […]

सम्बन्धित सामग्री

शिक्षा सुधारमा वडा समिति

जनप्रतिनिधिमध्ये सबैभन्दा नजिकका, आफ्ना समस्या सुनाउन सकिने भनेका वडा समितिका सदस्यहरू हुन् । वडा समिति घरको हात्तीपाइले जस्तै सरकारको मात्र होइन लोकतन्त्रको पनि जग हो । समुदायका धेरै व्यक्तिलाई सरकारका नीति, योजना, कार्यक्रम, सञ्चालित कार्यक्रमको बारेमा जानकारी नहुन सक्छ, वडाबाट प्रवाह हुने सेवा भने लिइरहेका हुन्छन् । वडा समितिका कार्यहरू जीवन पद्धतिसँग जोडिएका हुन्छन् । सामान्य मान्छेलाई ठूला ठूला केन्द्रीय योजनाको भन्दा वडाले दिने सेवा सुविधाको महŒव बढी हुन्छ । वडाले चाहने र योजनाबद्ध रूपमा लाग्ने हो भने सबै बालबालिकालाई स्तरीय शिक्षा दिने, समाज सचेत पार्ने, समाजका विकृति हटाउने, समाजलाई सभ्य बनाउने कार्यमा पनि धेरै महŒवपूर्ण भूमिका खेल्न सक्छ । नेपालमा छ हजार ७४३ वडामा ३३ हजार ७५१ जनप्रतिनिधि रहेका छन् । व