कोरोना सङ्क्रमित भेटिन थालेपछि सीमा क्षेत्रमा थप कडाइ

डोटी – भारतमा रोजगारीका लागि गएका सुदूरपश्चिम प्रदेशका दुई जनामा कोरोना भारइरस (कोभिड १९) को सङ्क्रमण देखिपछि डोटीको स्थानीय प्रशासनले भारतबाट आउने नाकाहरुमा थप कडाइ गर्न थालेको छ । कैलाली र कञ्चनपुर जिल्लामा मात्रै चार जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । कोरोना भारइरसको सङ्क्रमण भित्रिन नदिनका लागि प्रशासनल...

सम्बन्धित सामग्री

जमुनाहा नाकामा एकैदिन ३७ जना सङ्क्रमित भेटिए, थप कडाइ आवश्यक

रोजगारीलगायत अन्य कामले भारतका ठूला शहरहरुमा गएर फर्किने नेपालीहरुमा कोरोना सङ्क्रमण देखिने क्रम एक्कासी बढेको छ । शुक्रवार एकैदिन ३७ जनामा कोरोना सङ्क्रमित भेटिएको नेपाल–भारत सीमानाको जमुनाहास्थित हेल्थ डेस्कले जनाएको छ । भारतबाट आउने नेपालीहरुमध्ये ७१० जनाको नाकामा एन्टिजेनमार्फत गरिएको परिक्षणमा ३७ जनामा सङ्क्रमण पुष्टि भएको जमुनाहास्थित हेल्थ डेस्कका प्रमुख चिरन्जीवी ज्ञवालीले बताउनुभयो । उहाँले यसअघि बिहीबार पनि ५२६ जनाको परीक्षण गर्दा २७ जनामा सङ्क्रमण पुष्टि भएको बताउनुहुँदै गत केही दिनयता एक्कासी सङ्क्रमितक भेटिने क्रम बढेको बताउनुभयो ।

सूचना विभागको कार्ड कार्यक्षेत्रमा खटिने पत्रकारलाई गलपासो

निषेधाज्ञा कडाइ गरिएपछि समाचार सङ्कलन गर्न निस्किएको म कौसलटारको बीच सडकमा रोकिएँ । समाचार सङ्कलन गर्न निस्किएका मलाई सडकमा खटिएका प्रहरीले रोकेपछि राससको आफ्नो परिचयपत्र देखाएँ । प्रहरीले सूचना विभागद्वारा जारी गरेको परिचयपत्र देखाउन भनेपछि अलमलमा परेँ ।   “मैले १७ वर्षदेखि राससमा पत्रकारिता गर्दैछु, आजसम्म यही कार्डले भयो, अहिले चाहिँ किन चाहियो विभागद्वारा जारी परिचयपत्र, सूचना विभागको कार्ड छैन र” त्यसपछि प्रहरीले भने, “माथिको आदेश त्यही छ, मैले केही गर्न सक्दिन तपाईं फर्कनुहोस् ।”    निषेधाज्ञामा गरिएको कडाइपछि उपत्यकामा समाचार सङ्कलन गर्न निस्किएका धेरै पत्रकारबीच बाटोबाटै फर्कनुपर्ने पीडा भोग्नुप¥यो । कोरोना सङ्क्रमित रोक्न उपत्यकाका तीनवटै जिल्ला प्रशासनले गरेको निषेधाज्ञा हिजोबाट थप कडाइ गरेपछि त्यसको मारमा कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीलाई परेको छ ।

काठमाण्डौ छिर्ने नाकामा थप कडाइ हुने सङ्केत

काठमाण्डौ – सरकारले काठमाण्डौ प्रवेश गर्ने नाकामा थप कडाइ गर्ने सङ्केत गरेको छ । काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमित बढ्दै गएपछि सरकारले नाकामा थप कडाइ गर्ने सङ्केत गरेको हो ।  मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न भएको कार्यक्रममा अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले काठमाण्डौमा संक्रमित थपि...

कोरोना सङ्क्रमण रोक्न अछामकाे विनायक बजार सिल

कोरोना सङ्क्रमित बढ्न थालेको भन्दै पञ्चदेवल–विनायकनगरपालिकाले विनायकबजार सिल गरेको छ । बजार क्षेत्रमा मानिसहरूको आवतजावतले कोरोना सङ्क्रमण फैलनबाट रोक्न नगरपालिकाले अत्यावश्यक कामबाहेक बजार क्षेत्रमा हिँडडुलमा नगरपालिकाले प्रतिबन्ध लाएको हो । नगरपालिकाका वडा तहमा कोरोना सङ्क्रमण प्रतिकार्यमा खटिएका स्वास्थकर्मीसहित १२ जनामा कोरोना सङ्क्रमण देखिएकोले नगरवासीलाई सुरक्षित राख्ननगरको आकस्मिक बैठकले बजार क्षेत्र सिल गर्ने निर्णय गरिएको हो । कोरोना सङ्क्रमणको पछिल्लो अवस्थाले निकट भविष्यमा नगरमा जोखिम हुनसक्ने भन्दै अत्यावश्यक सेवाबाहेक बन्दाबन्दीको अवस्थालाई थप कडाइ थालिएको पञ्चदेवल विनायक नगरपालिकाले जानकारी दिएको छ । विनायकबजार क्षेत्रमै रहेका एक स्वास्थ्यकर्मीमा समेत कोरोना सङ्क्रमण देखिएको छ ।