कोरोना सङ्क्रमित बढ्न थालेको भन्दै पञ्चदेवल–विनायकनगरपालिकाले विनायकबजार सिल गरेको छ । बजार क्षेत्रमा मानिसहरूको आवतजावतले कोरोना सङ्क्रमण फैलनबाट रोक्न नगरपालिकाले अत्यावश्यक कामबाहेक बजार क्षेत्रमा हिँडडुलमा नगरपालिकाले प्रतिबन्ध लाएको हो ।
नगरपालिकाका वडा तहमा कोरोना सङ्क्रमण प्रतिकार्यमा खटिएका स्वास्थकर्मीसहित १२ जनामा कोरोना सङ्क्रमण देखिएकोले नगरवासीलाई सुरक्षित राख्ननगरको आकस्मिक बैठकले बजार क्षेत्र सिल गर्ने निर्णय गरिएको हो । कोरोना सङ्क्रमणको पछिल्लो अवस्थाले निकट भविष्यमा नगरमा जोखिम हुनसक्ने भन्दै अत्यावश्यक सेवाबाहेक बन्दाबन्दीको अवस्थालाई थप कडाइ थालिएको पञ्चदेवल विनायक नगरपालिकाले जानकारी दिएको छ । विनायकबजार क्षेत्रमै रहेका एक स्वास्थ्यकर्मीमा समेत कोरोना सङ्क्रमण देखिएको छ ।