काँग्रेस महाधिवेशनः कसले कति गरे आर्थिक सहयोग ?

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत निर्वाचनको प्रक्रिया सुरु भएको छ । महाधिवेशनका लागि कार्यकर्ताबाट कुनैपनि शुल्क नउठाएको काँग्रेसले खर्चको व्यवस्थापन कसरी गर्दैछ भन्ने चासो छ । केही व्यवसायीहरुले गोप्य रुपमा चन्दा दिएको पनि बताईएको छ ।महाधिवेशनमा ३ करोड खर्च हुने अनुमान गरिएकोमा हालसम्म १ करोड ५० लाख रुपैयाँ दाताबाट मात्रै उठेको छ । काँग्रेसकै नेतासमेत रहेका नेपालका एक मात्र अर्बपति बिनोद चौधरीले २५ लाख दिएका छन् । देउवाले आफू प्रधानमन्त्री बने लगत्तै स्वास्थ्य राज्यमन्त्री बनाएका मेडिकल कलेज चलाउने व्यापारी उमेश श्रेष्ठले पनि २५ लाख दिएका छन् । निर्माण व्यवसायी (ठेकेदार)समेत रहेका काँग्रेस नेता जिपछिरिङ लामाले पनि २५ लाख दिएका छन् । काँग्रेस केन्द्रीय सदस्यका उम्मेदवारसमेत रहेका निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पनि मोटै रकम दिएको खुलेको छ । उनले १० लाख रुपैयाँ आफ्नो व्यक्तिगत तर्फबाट दिएको बताईन्छ । ठूला व्यवसायिक घरानाले पनि गोप्य रुपमा चन्दाकै शैलीमा रकम दिएका छन् । चौधरी समूहले बिनोद चौधरीले दिएको २५ लाख बाहेक पनि केही रकम दिएको दाबी स्रोतले गरेको छ । गोल्छा अर्गनाइजेशबाट पनि सहयोग आएको दाबी काँग्रस निकट स्रोतको छ ।गैरसकारी संस्था चलाउने काँग्रेसका शुभेच्छुकहरुबाट पनि यथेष्ट सहयोग आएको बताइन्छ । ठूला एनजीओकर्मीहरुले व्यक्तिगत रुपमा पनि सहयोग गरेका छन् । हालसम्म मोटो रकम मात्रै १ करोड ५० लाख उठेको दाबी स्रोतको छ ।‘सानोतिनो सहयोग २० हजार, ४० हजार पनि आएको छ’ स्रोतले भन्यो, ‘सबै जोड्दा करिब करिब डेढ करोड उठ्या छ, खर्च बढ्न सक्ने पनि देखिएको छ । शुभेच्छुकहरुले पार्टीको महाधिवेशन सफल बनाउन आर्थिक सहयोग गरेको विषय नौलौ होइन, हामीले खुलम् खुल्ला अरुले जस्तो कार्यकर्ताबाट पैसा उठाएनौँ, नपुगेको खर्च पार्टीले ब्यहोर्छ ।’

सम्बन्धित सामग्री

सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग

सिटिजन्स बैंकले काठमाडौं इन्स्टिच्युट फर चाइल्ड हेल्थलाई आर्थिक सहयोग गरेको छ।

विपन्न महिलालाई आर्थिक सहयोग

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विपन्न परिवारका छ जना महिलालाई आर्थिक सहयोग गरेको छ।

विपन्न महिलालाई आर्थिक सहयोग

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विपन्न परिवारका छ जना महिलालाई आर्थिक सहयोग गरेको छ।

पूर्वशिक्षकद्वारा आर्थिक सहयोग

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई दुई पूर्व शिक्षकले दुई लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेका छन्।...

पूर्वशिक्षकद्वारा आर्थिक सहयोग

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई दुई पूर्व शिक्षकले दुई लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेका छन्।...

विद्यालयलाई आर्थिक सहयोग

पुर्चौडी नगरपालिका–७ को गलिनाथ मावि, बडगाउँलाई निर्माण व्यवसायी अम्मरबहादुर बिष्टले ४ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।...

मिर्गौला पीडितलाई आर्थिक सहयोग

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–१२ का धनमाया आलेको उपचारका लागि विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन्।

मिर्गौला पीडितलाई आर्थिक सहयोग

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–१२ का धनमाया आलेको उपचारका लागि विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईमा रहेका नेपालीहरुले मिर्गौला पीडित आलेलाई रु एक लाख ६३ हजार आर्थिक सहयोग गरेका हुन् । दुबईबाट सुरेश लामाको नेतृत्वमा रु एक लाख १६ हजार र वीरतासिंह गुरुङको नेतृत्वमा रु ४७ हजार आलेलाई सहयोग उपलब्ध भएको अभियन्ता राजेन्द्रसिंह ठकुरीले जानकारी दिनुभयो । मिर्गौला पीडित ५० वर्षीया आलेले आर्थिक अवस्था

ब्याडमिन्टन च्याम्पियन रशिलाद्वारा आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनकी राष्ट्रिय च्याम्पियन रशिला महर्जनले आर्थिक सहयोग गरेकी छिन् । महर्जनले अर्का ब्याडमिन्टन जुनियर खेलाडी विवेक चौधरीको उपचारका लागि आर्थिक सहयोग गरेकी हुन् । उनले बुटवलमा जारी दोश्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ मा उपाधी हात पारे बापत प्राप्त रकमको आधा रकम चौधरीको उपचारका लागि प्रदान गर्ने निर्णय गरेको रशिलाका पिता राजेश […]

मुक्तिनाथ विकास बैंकद्वारा दुई संस्थालाई आर्थिक सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले मंसिर महिनामा दुई वटा संस्थालाई आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व मुलक कार्यका लागि सरोज टेबल टेनिस फर अल क्लब र ललितपुरको दुङ्गासाँघुमा रहेको मुक्तिनाथ मन्दिरलाई आर्थिक सहयोग गरेको हो । बैंकले बालबालिकालाई टेबल टेनिस तालिम सञ्चालनका लागि उक्त क्लवलाई ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । […]