पूर्वएमालेले अबकाे नेता प्रचण्ड भन्न थालेपछि नेकपा फुटाइयाे, नत्र पार्टी कब्जा हुन्थ्याे : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भएको बताएका छन् ।
काठमाडौं, ७ माघ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता हुने भएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपाका अध्यक्ष भट्टराईले छुट्टिएको सात वर्षपछि पार्टी एकताको तयारी थालेका हुन् । पार्टी एकताका लागि प्रचण्ड र बाबुरामबीच केही समयदेखि बाक्लै छलफल र भेटघाट हुन थालेको छ । माओवादीको केन्द्रीय कमिटी […]
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सोमबार बिहान पार्टी कार्यालयमा पुगेका छन् । पार्टी कार्यालयमा रहेका सहीदहरुको शालीकमा माल्यार्पणका लागि उनी पार्टी कार्यालयमा पुगेका हुन् ।आजै प्रचण्ड पार्टी पदाधिकारीको बैठकमा पनि सहभागी हुनेछन् । केहीबेरपछि पदाधिकारी बैठक बस्ने एक नेताले जानकारी दिए । आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको आज अपराह्न शपथ रहेको छ ।
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नुपरेको बताएका हुन् । आज (शुक्रबार) च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बडो दुःखका साथ सफलता हात परेको पार्टीलाई प्रचण्डले […]
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमानदारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नुपरेको बताएका हुन् । शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बडो दुःखका साथ सफलता हात पारेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादी सामू अर्पण गर्दा आफूलाई दुखित बनाएको पनि बताए । पार्टी एकताका बेला दिएको सिट संख्यालाई चरम दुरुपयोग गरेर प्रचण्
कैलाली – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षड्यन्त्र सुरु भएको बताउनुभएको छ । धनगढीमा आज साेमवार आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले नेकपा एमालेसँग पार्टी एकता गरेर गलत नगरेको बताउँदै पार्टी एकतापछि माओवादी आन्दोलनलाई समाप्त पार्न देशी–विदेशी शक्तिले षडयन्त्र सुरु गरेको बताउनुभयो ।उहाँले माओवादी जनयुद्धको बलमा प्राप्त सङ्घीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिङअन्तर्गत षड्यन्त्र भएको बताउँदै केपी ओलीले ठूलो षडयन्त्रअन्तर्गत संसद्...
नेकपा प्रचण्ड–माधव समूहले एकता मापदण्ड टुंग्याएको छ । पार्टी कमिटी एवं जनवर्गीय संगठनका रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड टुंग्याएको हो । साबिकको जुन पक्षबाट रिक्त भएको हो, त्यही...
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले पोखरामा मसाल जुलुस निकालेको छ । आमहडतालको पूर्वसन्ध्यामा बुधबार साँझ पोखरास्थित शिवालयचोकमा रहेको नेकपाको पार्टी कार्यलयबाट मसाल जुलुस निकालिएको हो । नेकपा कास्कीका विभिन्न पदाधिकारी, विद्यार्थी र कार्यकताको उपस्थितिमा निस्किएको मशाल जुलुश सभागृहचोक र पृथ्बीचोकमा पुगेमा पुगेर प्रदर्शन गरेको थियो । मसाल जुलुसमा भोलि माघ २२ गते आमहडताल नेपाल बन्द सफल पारौँ, केपी ओली मुर्दावाद लगायत नाराबाजी गरिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले निर्वाचन आयोग समक्ष पार्टीको आधिकारिकता दाबी गरेको छ ।मंगलबार नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल लगायतको नेताहरुको टोली निर्वाचन आयोग पुगि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आधिकारिकता दाबी गरेका हुन् । नेकपा प्रचण्ड–माधव पक्षका बरिष्ठ नेता झलनाथ खनालले पार्टीको ७० प्रतिशतभन्दा बढी केन्द्रीय […]
अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी सदस्यबाट पनि निष्कासन गरेको छ ।
प्रचण्ड–नेपाल समूहले पुस ७ गते ओलीलाई नेकपा अध्यक्षबाट हटाउने निर्णय गरेको थियो ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आइतवार बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।
पार्टी हित विपरीतको काम गरेको तथा प्रतिनिधि...