१ वर्षमा करीब १ खर्ब ऋण भुक्तानी

काठमाडौं । सरकारले एकै आर्थिक वर्षमा सार्वजनिक ऋणको करीब १ खर्ब बराबरको किस्ता तिरेको छ । आर्थिक वर्ष २०७७/७८ मा सरकारले साँवा र ब्याज गरी कुल ९५ अर्ब १ करोड २२ लाख भुक्तानी गरेको हो । कुल भुक्तानीमध्ये साँवा भुक्तानीमा ६३ दशमलव ३३ प्रतिशत अर्थात् रू. ६० अर्ब १६ करोड ९७ लाख भुक्तानी भएको छ । आन्तरिक ऋणको साँवामा ३८ दशमलव ८४ प्रतिशत अर्थात् रू. ३६ अर्ब ९० करोड ११ लाख र वैदेशिक ऋणको साँवामा २४ दशमलव ४९ प्रतिशत अर्थात् रू. २३ अर्ब २६ करोड ८६ लाख भुक्तानी भएको छ । कुल ऋणको ३६ दशमलव ४५ प्रतिशत अर्थात् रू. ३४ अर्ब ६३ करोड ४० लाख ब्याज भुक्तानी भएको छ । यसमध्ये आन्तरिक ऋणको ब्याजमा २९ दशमलव ९५ प्रतिशत अर्थात् रू. २८ अर्ब ४६ करोड ६ लाख र वैदेशिक ऋणको ब्याजमा ६ दशमलव ५ प्रतिशत अर्थात् रू. ६ अर्ब १७ करोड ३५ लाख भुक्तानी भएको छ । त्यसैगरी प्रतिबद्घता शुल्कतर्पm शून्य दशमलव १० प्रतिशत अर्थात् रू. १० करोड १० लाख र राष्ट्र बैंक कमिशनतर्पm शून्य दशमलव ११ प्रतिशत अर्थात् रू. १० करोड रू. ७४ लाख भुक्तानी भएको सरकारले बिहीवार सार्वजनिक गरेको ‘नेपाल सरकारको ऋण दायित्वको वार्षिक प्रतिवेदन’ ले देखाउँछ । नयाँ तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४० प्रतिशत नाघेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात ३८ दशमलव ५ प्रतिशत थियो । गत असार मसान्तसम्ममा नेपालको कुल ऋण दायित्व १७ खर्ब ३७ अर्ब ८ करोड ८७ लाख रुपैयाँ बराबर देखिन्छ । सार्वजनिक प्रतिवेदनअनुसार नेपालको जीडीपी आकार ४२ खर्ब ६६ अर्ब ३२ करोडलाई आधार मान्दा सार्वजनिक ऋण ४० दशमलव ७२ प्रतिशत पुगेको देखिएको हो । अहिले सरकारको कुल ऋण दायित्वमध्ये आन्तरिक ऋण ८ खर्ब २ अर्ब ९४ करोड १६ लाख र वैदेशिक ऋणतर्पm ९ खर्ब ३४ अर्ब १४ करोड ९१ लाख रुपैयाँ बराबर छ । कुल गार्हस्थ्य उत्पादनमा गत आर्थिक वर्षमा भुक्तानी भएको ऋण अनुपात २ दशमलव २३ प्रतिशत बराबर हुन जान्छ । गत आर्थिक वर्षमा मात्र नेपालको सार्वजनिक ऋण ३ खर्ब ३ अर्ब ६८ करोड रुपैयाँ बराबरले बढेको प्रतिवेदनले देखाएको छ । वैदेशिक ऋण दायित्व आर्थिक वर्ष २०७६/७७ को तुलनामा २०७७/७८ मा १५ दशमलव ८८ प्रतिशत बढेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । नेपालको कुल ऋण दायित्वमा बा≈य ऋणको दायित्व ९ खर्ब ३४ अर्ब १४ करोड र आन्तरिक ऋणको दायित्व ८ खर्ब २ खर्ब ९४ करोड रुपैयाँ बराबर छ ।

सम्बन्धित सामग्री

ऋण पुनःसंरचना गर्न श्रीलङ्कालाई आइएमएफको आग्रह

कोलम्बो – अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले बिहीबार श्रीलङ्काले आफ्नो सबैभन्दा खराब आर्थिक सङ्कटबाट पुनःप्राप्तिलाई निरन्तरता दिन प्रमुख द्विपक्षीय ऋणदाता चीन र अन्य ऋणदाताहरूसँग ऋण पुनःसंरचनालाई तीव्रता दिनुपर्ने बताएको छ । मुलुकमा खाद्यान्न, इन्धन र औषधिजस्ता आवश्यक वस्तु आयात गर्न विदेशी मुद्रा समाप्त भएकाले सन् २०२२ अप्रिलमा श्रीलङ्काले आफ्नो ४६ अर्ब डलरको विदेशी ऋण भुक्तानी गर्न […]

ऋण भुक्तानीको पाँच दिनभित्र धितो फुकुवा

काठमाडौं– नेपाल राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तानी गरिसकेपछि पाँच कार्य दिन भित्र धितो फुकुवा गर्नुपर्ने जानकारी गराएको छ । वित्तीय सचेतनाका लागि मंगलबार सूचना जारी गर्दै राष्ट्र बैंकले यस्तो जानकारी गराएको हो । भुक्तानी गरिसकेपश्चात यदि कुनै बैंक तथा वित्तीय संस्थाले धितो फुकुवाको लागि ढिला सुस्ती गरेमा सम्बन्धित संस्थाको […]

निगमद्वारा ऋण भुक्तानी

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि लिएको ऋण दायित्वको किस्ता तिरेको छ।...

सहकारीबाट ऋण लिएका ऋणीलाई तत्काल फिर्ता गर्न बर्दघाट नगरपालिकाको उर्दी

परासी । नवलपरासीको बर्दघाट नगरपालिकाले सहकारीबाट ऋण लिएका ऋणीलाई तत्काल साँवा, ब्याज भुक्तानी गर्न उर्दी जारी गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना नै निकालेर तत्काल साँवा व्याज तिर्न ताकेता गरेको हो । सूचनामा ऋण नतिर्ने ऋणीलाई नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधासमेत बन्द गरिने चेतावनी दिइएको छ । ऋणीहरुलाई पटक पटक ताकेता गर्दासमेत ऋण भुक्तानी नगरेका […]

चैतसम्म ऋण भुक्तानी गर्दा छुट

काठमाडौँ,२७ माघ । नेपाल बैंकले ऋणीहरूलाई कर्जा चुक्ता गरे ब्याज छुट दिने भएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै आगामी चैत मसान्तसम्म ऋण भुक्तानी गर्दा ब्याजमा छुट पाइने जनाएको हो । ‘बैंकले २०७९ को चैत मसान्त अगाडिभित्र कर्जा चुक्ता (ऋण भुक्तानी) गर्दा खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा रु २५ लाखसम्मका खराब कर्जा […]

श्रीलङ्कामा विदेशी ऋण भुक्तानी गर्न अस्थायी रोक

श्रीलङ्काले विदेशी ऋण भुक्तानीमा अस्थायी रोक लगाएको छ । विदेशी मुद्रा सञ्चिति कम भएपछि तत्कालका लागि विदेशी ऋणको ब्याज तथा किस्ता भुक्तानीमा रोक लगाएको गभर्नर पी. नन्दलाल वीरासिंघेलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।  गभर्नरले आज मङ्गलवार पत्रकार सम्मेलन गरेर ऋण तिर्नका लागि प्रयोग हुने विदेशी मुद्राले केही समयका लागि इन्धन, खाद्यान्नलगायतका वस्तु खरिद गर्न सक्ने भएकाले ऋण तिर्ने कामलाई स्थगित गरेको बताउनुभएको छ । अहिले ऋण भुक्तानी असम्भव अवस्थामा आइसकेकोले यस्तो निर्णय गर्नुपरेको उहाँको भनाइ छ ।  श्रीलङ्कामा खाद्...

ऋण तिर्न सजिलो पारिदिन चीनसँग श्रीलङ्काको आग्रह !

काठमाण्डाै – श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज साेमवार भेटवार्ता भएको छ । भेटमा श्रीलङ्काका राष्ट्रपति राजपक्षले आफ्नो देशको बिग्रँदो आर्थिक अवस्थालाई सुधार गर्न सहयोग गर्न चीनलाई ऋण भुक्तानी पुनर्संरचना गरिदिन आग्रह गर्नुभएको समाचार संस्था बीबीसीले जनाएकाे छ ।बितेका एक दशकमा चीनले श्रीलङ्कालाई सडक, विमानस्थल र बन्दरगाह बनाउन पाँच अर्ब अमेरिकी डलरभन्दा धेरै ऋण प्रवाह गरेको छ । भेटमा राजपक्षले श्रीलङ्कामा चीनबाट निर्यात हुने वस्तुमा सहुलियत दिन पनि अनुरोध गर्नुभएको बीबीसीले जनाएको...

सरकारद्वारा एक वर्षमा ३७ अर्ब ऋण भुक्तानी

नेपाल समाचारपत्र, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा सरकारले २२४ अर्ब १ करोड आन्तरिक ऋण परिचालन गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा ३६ अर्ब ९० करोड रुपियाँ साँवा भुक्तानी समेत गरेको छ । एक वर्षमा सरकारले १८७ अर्ब ११ करोड खुद आन्तरिक ऋण परिचालन गरेको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको […]