इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा सिटीले लेस्टर सिटीलाई १-० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो। खेलमा सिटीले बल पोसेसनमा राखे पनि गोलका मौका सदुपयोग गर्न नसक्दा संघर्षपूर्ण जित निकालेको हो।पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा सिटीले दोस्रो हाफमा गोल गरेको थियो। केभिन डि ब्रुएनाले २५ यार्डबाट गरेको सानदार फ्री किक गोलमा परिणत भएको थियो। जितसँगै सिटीले १२ खेलबाट २९ अंक बनाएको छ। उसले दोस्रो स्थानको आर्सनललाई १ अंकले पछि पारेको हो।आर्सनलको