प्रिमियर लिगमा लिभरपुल पराजित, आर्सनल शीर्ष स्थानमा उक्लियो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा आर्सनलले लिभरपुललाई ३–२ गोल अन्तरले हराएको हो । जितसँगै आर्सनल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले ९ खेलमा २४ अङ्क जोडेको छ । लिभरपुल १० अङ्क जोडेर १०औँ स्थानमा रहेको छ । आर्सनलका लागि बुकायो साकाले दुई तथा गाब्रियल मार्टिनेलीले एक गोल गरे । लिभरपुलका लागि डार्विन नुनेज र रोबर्टो फिर्मिन्होले एक/एक गोल गरे ।