म गएकै दिन भएन, सधैँझैँ उल्लु भेटिएन । त्यो दिन धेरै चम्किलो घाम लागेको थियो । बादल लागेको दिनमा मात्र उल्लुहरू धेरै सक्रिय हुने रहेछन् । शायद आहारा खोज्दा आँखा नटल्किने भएर होला । धेरै वर्षदेखि उल्लुकाे विषयमा काम गरेका एक जनाले याे कुरा भनेपछि बल्ल दिमागमा आयो ।