दु:ख लाग्छ, आफ्नै साथीको रेष्टुरेण्ट भत्काइयो : बालेन (भिडियोसहित)

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन साहले आफ्नै साथीको रेष्टुरेण्ट भत्काउनुपर्दा दुःख लागेको बताएका छन्।मंगलबार कलाकार हरिवंश आचार्यको घरमा देउसी खेल्ने क्रममा भट्ट्याउँदै साहले साथीकै रेष्टुरेण्ट भत्काउनु परेकोमा दुख लागेको बताए। पत्रकार शिव दाहालले ट्वीटमा राखेको भिडिओमा उनले ‘आहा कलिलो तामालाई सोध रामालाई...’ भाकामा गीत गाएका छन्। साहले गाएका छन्,‘कति राम्रो राम्रो गीत यहाँ गाइयो, दु:ख लाग्छ साथी हो आफ्नै साथीको रेष्टुरेण्ट भत्काइयो।’अ

सम्बन्धित सामग्री

देउसी भट्याउँदै बालेनले भनेः दुःख लाग्छ, आफ्नै साथीको रेष्टुरेण्ट भत्काइयो

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नै साथीको रेष्टुरेण्ट भत्काउनुपर्दा दुःख लागेको बताएका छन्। मंगलबार कलाकार हरिवंश आचार्यको घरमा देउसी खेल्ने क्रममा भट्ट्याउँदै शाहले साथीकै रेष्टुरेण्ट भत्काउनु परेकोमा दुःख लागेको बताएका हुन्। उनले ‘आहा कलिलो तामालाई, सोध रामालाई’ भाकामा गीत गाएका थिए। शाहले गीतमा ‘कति राम्रो राम्रो गीत यहाँ गाइयो, दुःख लाग्छ साथी हो, […]

मेयर बालेन एक्शनमा उत्रिएपछि काठमाडौंका सय बढी अवैध संरचना भत्काइयो

काठमाडौं, २० भदौ । काठमाडौँ महानगरपालिकाले एक सय बढी अवैध संरचना डोजर लगाएर भत्काएको छ । कामपाले आइतबार र सोमबार महानगरका विभिन्न स्थानमा बनाइएका संरचना भत्काएको हो । कामपाले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको थियो । आज नयाँ बसपार्कबाट गोङ्गबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५० बढी अवैध संरचना भत्काइएको कामपाले […]

महानगरको एक्सन जारी : रत्नपार्कको सब–वेका अवैध संरचना भत्काइयो

काठमाडौँ महानगरले आफ्नो क्षेत्रमा रहेका अवैध संरचनाहरूलाई हटाउने अभियानलाई तीव्रता दिएको छ । ३५ दिने सूचना दिँदा पनि अटेर गर्नेहरू कहाँ मेयर बालेन शाह आफै डोजर लिएर त्यस्ता अवैध संरचना हटाइरहेका छन् ।काठमाडौँको नयाँ बानेश्वर, सुनधारा, नयाँ सडक, बनस्ठली क्षेत्रमा मेयर शाहले डोजर चलाइसकेका छन् । आइतबार काठमाडौँ महानगरले रत्नपार्क नजिकै रहेको सब-वेमा निर्माण गरिएको अवैध संरचना भत्काएको छ । यसपटक डोजरभन्दा पनि नगर प्रहरीहरू आफैले सो संरचना भत्काएका हुन् । हेरौँ तस्बिरहरू :

काठमाडौँ मल अगाडि बनाइएका अवैध संरचना भत्काइयो

काठमाडौँ। काठमाडौँ महानगरले सुन्धारास्थित काठमाडौँ मलअगाडि बनाइएका अवैध संरचना भत्काएको छ। नक्सा पास नगरी बनाइएका ती संरचना महानगरले डोजर प्रयोग गरी भत्काएको हो। बुधबार विहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो। काठमाडौँ उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा पुगेको छ।