बालेन साहकाे देउसी : ‘कति राम्रा राम्रा गीत यहाँ गाइयो, दुःख लाग्छ आफ्नै साथीको रेष्टुरेण्ट भत्काइयो’

काठमाडाैं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह आफ्ना साथीहरुसँग देउसी खेलेका छन् । लक्ष्मीपूजाको भोलिपल्ट मंगलबार साँझ मेयर साह आफ्ना साथीहरुको समूहसहित वरिष्ठ कलाकार हरिवंश आचार्यको घरमा देउसी खेल्न पुगेका हुन् । मेयर साहले मंगलबार साँझ हरिवंशको घरमा खेल्नुभएको देउसी अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । देउसी खेल्ने क्रममा उहाँले सर्वकालिन लोकभाका “कलिलो […]

सम्बन्धित सामग्री

बदलिँदै तिहारको मौलिकता, ओ...डाँडाघरे साहिँलीमा युवापुस्ताको देउसी

खैजडी, मादल, मजुरा, गितार, बाँसुरीका तालमा भट्याउँदै देउसी र भैलो खेल्ने परम्परा हिजोआज देखिँदैन । कोहीले भट्याउने कोहीले गाउने, स्थानीयस्तरमा प्रचलित विभिन्न वाद्यवादनको तालमा छम्केर नाच्दा तिहारको रौनकता नै बेग्लै हुन्थ्यो । यसरी समूहमा साथीसँग स्थानीय लोकलयमा गीत गाएर देउसी र भैलो खेल्दा आन्दानुभूति हुने गरेको अनुभव सुनाउँछन्, कलाकार हरि पोखरेल ।        “आधुनिकीकरणका नाममा मौलिक संस्कृति नै धरापमा पर्न गएको छ, पहिलेका देउसी र भैलो रचनात्मक खालका हुन्थे&rdqu

देउसी भैलीको मौलिकपन जोगाउनै मुश्किल

सहरी क्षेत्रमा तिहार पर्व प्रारम्भ हुने वित्तिकै लक्ष्मीपूजा वा गोवद्र्धन पूजा नै नगरी देउसी खेल्न प्रारम्भ गरिन्छ। त्यो देउसीमा चलचित्र गीत, माया पिरतिका गीत, पप, र्‍याप गीत गाउने गएर देउसीभैली खेल्ने गरेको देखिन्छ।...

हराउँदै देउसी भैलोको मौलिकता र नेपालीपन

सल्यान : तिहार झिलीमिली बत्तीको पर्व हो। तिहार बत्तीको पर्वसँगै अर्को महत्वपूर्ण पक्ष देउसी र भैलोलाई पनि लिने गरिन्छ। परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता हराउँदै गएको पाइन्छ।तिहार शुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बूढापाकासम्मलाई मनोरञ्जन दिए पनि आधुनिक शैली अँगाल्दा मौलिकता भने गुमाउँदै गएको छ।देउसी र भैलोमा बज्नुपर्ने मादल, खैँजडी र बाँसुरीको साटो अचेल साउन्ड सिस्टमबाट नेपाली‚ हिन्दी आधुनिक र र्&zw

‘तिहार सम्झाउने देउसी, भैलो गीत’

नेपालीको घरआँगनमै तिहार आइसक्यो । तिहार भन्नुबित्तिकै देउसी भैलोलाई बिर्सिने कुरा नै भएन । त्यसमा पनि नेपाली गीत सङ्गीतलाई देउसी, भैलो गीतले वषौँदेखि अजर अमर बनाउँदै आएको छ । तर पछिल्ला केही वर्षयता विस्तारै मादल, बाँसुरी, भ्mयाली बजाएर खेलिने देउसी लोप हुँदै गएको छ । प्रविधिको विकाससँगै डिजेमा देउसी गीत बजाएर देउसी, भैलो खेल्ने चलन बढेको छ । यसरी देउसी, भैलोसँगै बज्ने यी गीतहरूले जहिले तिहारमा रौनक थप्ने गरेको छ ।    तिहारै आयो लौ झिलिमिली ...नेपाली पुरानो चलचित्र स्वर्गमा रहेको

तिहारलाई सम्झाउँछन् देउसी, भैलो गीतले

कटारी, ६ कात्तिक । नेपालीको घरआँगनमै तिहार आइसक्यो । तिहार भन्नुबित्तिकै देउसी भैलोलाई बिर्सिने कुरा नै भएन । त्यसमा पनि नेपाली गीत सङ्गीतलाई देउसी, भैलो गीतले वर्षौँदेखि अजर अमर बनाउँदै आएको छ । तर पछिल्ला केही वर्षयता विस्तारै मादल, बाँसुरी, भ्mयाली बजाएर खेलिने देउसी लोप हुँदै गएको छ । प्रविधिको विकाससँगै डिजेमा देउसी गीत बजाएर […]

देउसी–भैलोमा कस्तो मादल छान्ने ?

गीत–संगीतमा तालको रूपमा मादलको प्रयोग अनिवार्यजस्तै हुन्छ । अहिले तिहारको मौसम छ र देउसी–भैलोमा मादलको प्रयोग अत्यधिक हुन्छ । बजारमा थरीथरीका मादल पाइन्छन् । ठूलो मादल तबलाजस्तै हुन्छ । अर्को मिडियम मादल भनिन्छ । यो...

पञ्चे बाजामा देउसी भैलो पृथक स्वाद

बागलुङ– विगत तीन दिनदेखि बागलुङ बजारको चोक–चोकमा नौमती बाजा घन्किएका छन् । जिल्लाको पश्चिम निसीखोला गाउँपालिकाबाट तिहारको अवसरमा देउसी खेल्न आएको पञ्चेबाजा समूहको सक्रियताले बजार क्षेत्रमा बाजाले रमाइलो बनाएको हो । विभिन्न भैलो समूहले ‘रेकर्ड’ गरेका गीतबाट देउसी भैलो खेली रहँदा नौमती बाजा पृथक धारको देखिएको छ । नौमती बाजामा तिहार विशेष गीत बजाउने र […]

एमाले झापा–काठमाडौँ सम्पर्क मञ्चको देउसी–भैलो

काठमाडौँ – नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क मञ्चले देउसी–भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। सम्पर्क मञ्चको आयोजनामा काठमाडौँ नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा बुधबार देउसी–भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो। कार्यक्रममा झापाबाट काठमाडौँ आई बसेका एमालेका नेता, कार्यकर्ताको उपस्थिति थियो। कलाकारहरूले गीत–संगीतका साथै नृत्य र हास्य–व्यंग्यसमेत प्रस्तुत गरिएको थियो। कलाकारले देउसी–भैलो कार्यक्रममा […]

गीत संगीतमा छायो यो वर्षको देउसी–भैलो

काठमाडौं । यो वर्षको तिहार नजिकिँदै छ । तर, नेपाली गायक गायिकालाई भने केही दिन अघिबाटै तिहारको भ्याइनभ्याइ छ । यो वर्षको तिहारलाई लक्षित गरेर केही कलाकारले तिहार तथा देउसी–भैलो गीत बजारमा ल्याइसकेका छन् । केही कलाकारले तिहार गीतको भिडियो ल्याउने तयारी गरिरहेका छन् । केही कलाकार भने अझै तिहार गीत भिडियो छायांकनकै चटारोमा छन् […] The post गीत संगीतमा छायो यो वर्षको देउसी–भैलो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.