काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीको केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ।बैठक शुक्रबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुमबाराहीमा बस्ने गरी केन्द्रीय पदाधिकारी बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।उनका अनुसार उक्त बैठकले मुलुकको समसामयिक परिस्थतिको समीक्षा गर्ने, पार्टीका भूगोल केन्द्रित कार्यक्रमको समीक्षा गर्ने र कोसी प्रदेशमा सरकार निर्माणको सन्दर्भमा पार्टीको रणनीति तय गर्ने र आवश्यक निर्णय लिन