नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना गठनका सम्बन्धनमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएको बालुवाटार स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।काँग्रेसले असार २७ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाएको छ । स्रोतका अनुसार बैठकमा पछिल्लो समय शेखर कोइराला समूहले देउवामाथि लगाएका पाँच आरोपबारे पनि छलफल हुने