काठमाडौँ- प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगतको सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिको आजको बैठकले सदस्य रेखा शर्माको संयोजकत्वमा खेमप्रसाद लोहनी, डा डिला सङ्ग्रौला, रामसहायप्रसाद यादव र लक्ष्मीकुमारी चौधरी सदस्य रहेको उपसमिति गठन गरेको हो । उपसमितिलाई एक महिनाभित्र […]