सहकारीको व्याजदर अध्ययन गर्न उपसमिति

सहकारीको सन्दर्भ व्याजदर पुनरावलोकन गर्न सहकारी विभागले अध्ययन समिति गठन गरेको छ । बिहीबार विभागका रजिष्ट्रार झलकराम अधिकारीको संयोजकत्वमा बसेको व्याजदर निर्धारण कमिटीको बैठकले उपरजिष्ट्रार टोलराज उपाध्यायको संयोजकत्वमा ‘सहकारीको व्याजलर निर्धारण सुझाव उपसमिति’ गठन गरेको हो । उपसमितिले बजारको अवस्था अध्ययन गरेर सन्दर्भ व्याजदर निर्धारणसम्बन्धी मापदण्डका लागि समेत सुझाव दिनेछ । बिहीबारको बैठकमा सन्दर्भ व्याजदर बढाउन दबाब भए पनि अर्को बैठक बस्ने गरी टुंगिएको छ । बैठकमा सहकारी अभियानले सहकारीको सन्दर्भ व्याजदर १७...