खोटाङ - लगातारकाे वर्षापछि गएकाे पहिराेले खाेटाङमा एक घर बगाउनुका साथै पशुचौपाया पुरेको छ ।
गएराति झण्डै पाँच सय मिटर माथिबाट खसेको पहिरोले रावाबेसी गाउँपालिका–६ हौँचुरका बलराम खत्रीको घर बगाएको हो ।
खत्री परिवार इटहरीमा सरिसकेकाले मानवीय क्षति भने नभएको वडाध्यक्ष चिरञ्जीवी कार्कीले बताउनुभयो ।
पहिरोले भैरबहादुर राईको गोठ बगाउँदा एउटा भैँसी, एउटा पाडो र एउटा बहर गोरु पुरिएको छ । भैंँसीलाई पहिरोबाट उद्धार गरेर निकालिएकाे तर बहर गोरु भने अहिलेसम्म फेला नपरेको वडाध्य...