मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामाकरण मधेश प्रदेश आन्दोलनका शहिदहरु प्रतिको सच्चा श्रद्धाञ्जली भएको बताएका छन् । मधेश आन्दोलनको प्रथम शहिद रमेश महतोले सहादत प्राप्त गरेको दिन अर्थात् बलिदानी दिवसको अवसरमा मधेश सरकार मातहतको मधेशी शहिद प्रतिष्ठानले राजविराजमा आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले शहिदहरुले देखेको मधेश प्रदेशको सपना एक हद सम्म पूरा भएको बताए।