मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष शिवहरि भट्टराईको निधनले स्तब्ध बनाएको बताएका छन् । मुख्यमन्त्री राउतले आज शोक वक्तव्य जारी गर्दै अध्यक्ष भट्टराईको निधनले मधेस प्रदेशको पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । दिवङ्गत अध्यक्ष भट्टराईप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मुख्यमन्त्री राउतले शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।यसैगरी मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पनि आज शोक वक्तव्य