म्याग्दी : करिब डेढ दशक अघिसम्म लेकबेसी, गाउँशहर गर्ने बटुवाको थकाइ मेटाउने थलो हुन्थ्यो, वरपिपलको चौतारो। यति मात्र नभई भरियाले भारी बिसाउने, दौतरीसँग भलाकुसारी गर्ने, युवायुवतीले प्रेम गर्ने र फुर्सदको समयमा बाघचालजस्ता खेल खेल्ने ठाउँ थियो चौतारो।धार्मिक रूपमा पनि चौतारोको ठूलो महत्त्व थियो। बढ्दो आधुनिकताका कारण चौतारी मासिएपछि ग्रामीण जीवनको मौलिकता हराएको छ। मोटरबाटोको सुविधा र सवारी साधनको प्रयोगसँगै चौतारोहरू मासिन थालेका छन्।मान्छे पैदल हिँडडुल गर्न छाडेसँगै चौतारोको महत्त्व पनि कम