‘थाइल्याण्डविरुद्धको खेल एसिया कप छनोटका लागि महत्वपूर्ण’

नेपाली राष्ट्रिय फुटबल टोलीका अब्दुल्लाह अल्मुताइरीले नेपालले एसिया कप छनोट पूर्व थाइल्यान्डविरुद्ध खेल्न पाउनु ठूलो अवसर भएको बताएका छन् । साथै उनले थाइल्याण्डविरुद्धको खेलपछि नेपाली टोलीलाई एसियाकप छनोट भन्दाअघि घरै कुरा सिक्ने मौका मिल्ने बताए । ‘एसियाकप छनोटअघि थाइल्याण्डसँग खेल्न पाउनु हाम्रो लागि सुनौलो मौका हो । यसले छनोट खेलमा हामीलाई धेरै राहत मिल्नेछ । नेपाल र थाइल्याण्डको मौसम पनि एउटै किसिमको छ त्यसैले आजको खेलमा खेलाडीलाई झनै सहज हुनेछ,’ अल्मुताइरीले भने । त्यस

सम्बन्धित सामग्री

एसिया कप पाकिस्तान र श्रीलंकामा हुने निश्चितप्रायः

काठमाडौँ- एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा हुने निश्चितजस्तै भएको छ । यसअघि पाकिस्तानले आयोजना गर्ने एसिया कपमा भारतले सहभागी नहुने भनेपछि अन्यौल भएको थियो । भारतीय समाचार संस्था पीटीआईका अनुसार एसियन क्रिकेट काउन्सिल एसीसीले एसिया कप पाकिस्तान र श्रीलंका गर्ने लगभग निश्चित जस्तै भइसकेको छ । प्रतियोगिताका १३ मध्ये करिब पाँच खेल पाकिस्तानमा र […]

एसिया कप : नेपाल र भारतको खेल श्रीलंकामा हुन सक्ने

२८ जेठ, काठमाडौं । श्रीलंकालाई तटस्थ भूमिका रुपमा प्रयोग गर्ने गरी एसिया कप क्रिकेट आयोजनाका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले गरेको प्रस्ताव एसियाली क्रिकेट काउन्सिल एसीसीले अनुमोदन गर्ने सम्भावना बढेको छ । यो मोडलअनुसार पाकिस्तानमा आयोजना हुने एसिया कपमा खेलिने १३ मध्ये ५ देखि ६ खेल श्रीलंकामा हुनेछ । भारतले खेल्ने सबै खेलहरु श्रीलंकामा हुनेछन् […]

नेपाल ऐतिहासिक एसिया कपको संघारमा पुग्दा एसिया कप भने रद्द हुने जोखिम!

काठमाडौँ – अहिले नेपाल ऐतिहासिक रुपमा एसिया कप खेल्ने संघारमा पुगेको छ। सोमबार वर्षाले खेल बिथोलेको भए पनि नेपालको एसिया कप सम्भावना बलियो छ। नेपालको एसिया कपको टुंगो कम्तिमा मंगलबारसम्ममा तय हुनेछ। तर, नेपालको यो संघर्ष एकातिर रहँदा आगामी सेप्टेम्बरका लागि पाकिस्तानमा हुने तय भएको एसिया कप भने भारत र पाकिस्तानको इगोको लडाइँको सिकार हुने […]

महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाण्डाै - बङ्गलादेशमा आउँदो असोज १५ अर्थात अक्टोबर १ तारिखदेखि सुरु हुने महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । टी–२० महिला एसिया कप क्रिकेटको पहिलो दिनको खेलमा आयोजक बङ्गलादेश र थाइल्यान्ड तथा भारत र श्रीलङ्का खेल्ने छन् । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भारत, श्रीलङ्का, पाकिस्तान, यूएई, थाइल्यान्ड र मलेसिया सहभागी हुनेछन् । अक्टोबर १५ तारिखसम्म चल्ने प्रतियोगितामा २४ खेल हुनेछन् । यो प्रतियोगिताको सबैभन्दा सफल टोली भारत हो । भारत ६ पटक च्याम्पियन बनेको छ ।

एसिया कप क्रिकेटको फाइनल खेल आज, पाकिस्तान र श्रीलंका भिड्दै

टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज  पाकिस्तान र श्रीलंका भिड्दैछन्।  खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो।  पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासग पराजित भएको थियो। पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ वटा टी–२० खेल भएका छन्। जसमा पाकिस्तान १३ र श्रीलंका सात खेलमा विजयी भएका छन्। पछिल्ला पाँच टी–२० खेलमा भने श्री

एसिया कप क्रिकेटमा आज भारत र हङकङ खेल्दै

एसिया कप क्रिकेटमा आज भारत र हङकङ खेल्दैछन् । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बेलुका पौने आठ बजे सुरु हुनेछ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको थियो । आजको खेल जिते भारत सुपर चारमा पुग्नेछ । हङकङ आज पहिलो खेल खेल्न लागेको हो । साथै हङकङले भारतसँग पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । तर एकदिवसीयमा भएका दुई खेलमा भने भारत विजयी भएको छ । एसिया कप क्रिकेटमा ६ टोली सहभागी छन् । गएराति भएको खेलमा बंगलादेशलाई हराउँदै अफगानिस्तान सुपर चारमा प्रव...

एसिया कप क्रिकेट: व्यग्र प्रतीक्षामा पाकिस्तान र भारतबीचको खेल

भारतीय क्रिकेटर केएल राहुलले राजनीतिक रूपमा कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँग आइतबार हुने एसिया कप क्रिकेटमा भिडन्तका लागि आफूहरू उत्साहित रहेको बताएका छन्।...

एसिया कप: भारत र पाकिस्तानबीचको खेल आइतबार

विश्व क्रिकेटका चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित भिडन्त शनिबारबाट युएईमा सुरु हुने एसिया कप ट्वान्टी-२० को प्रमुख आकर्षण रहनेछ।...

यु–१९ एसिया कप क्रिकेटको खेल तालिका हेरफेर, नेपाल र बंगलादेशबीचको खेल शुक्रबार

काठमाडौँ– बंगलादेशमा बिहीबारदेखि सुरु हुने यु–१९ एसिया कप क्रिकेटको खेल तालिका हेरफेर भएको छ। यसअघि पहिलो खेलमा बिहीबार नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्ने तालिका सार्वजनिक भएको थियो। परिवर्तित खेलतालिका अनुसार नेपाल र बंगलादेशको खेल अब शुक्रबार हुनेछ। बिहीबार भने श्रीलंका र कुवेतबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि यी दुई टोलीबीच शुक्रबार खेल हुने तालिका थियो। […]

नेपाल एसिया कप छनोटको तेस्रो चरणमा

काठमाडौं। नेपालले सन् २०२३ मा चीनमा हुने एसिया कप छनोटको तेस्रो चरणमा पुगेको छ। एसियाली फुटबल महासंघ(एएफसी) को नयाँ नियमअनुसार नेपालले प्लेअफ खेल्नु नपर्ने भएको हो। विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट खेलपछि एएफसीले तेस्रो चरणको खेल खेल्ने टिमको नाम सार्वजनिक गरेको हो। जसमा नेपाल एसियाली क्षेत्रको छनोट खेलेका ८ समूहमा चौथो हुने ८मध्ये नेपाल पनि