थप ४ देश आगामी विश्वकपको लागि छनौट: इटाली बाहिरीयो, पोर्चुगल छनौट हुने सम्भावना कायमै

सन् २०२२ मा हुने कतार विश्वकपको लागि छनौट हुने देशको संख्या १९ पुगेको छ । पछिल्लो पटक भएको छनौट खेलबाट थप ४ देश छनौट भएसंगै विश्वकपको लागि छनौट हुने देशको संख्या १९ पुगेको हो ।पछिल्लो खेलहरुबाट जापान, साउदी अरेबिया, इक्वेडर र उरुग्वे छनौट भएका हुन् । जापानले अष्ट्रेलियालाई २-० गोल अन्तरले पराजित गर्दै छनौट भएको हो । सोहि खेलको नतिजाको आधारमा साउदी अरेबिया चाइनासँग १-१ गोलको बराबरी खेले पनि छनौट भएको हो । त्यस्तै उरुग्वेले पेरुलाई १-० गोलले पराजित गर्दै छनौट भएको हो भने सोहि खेलको नतिजाको आधारमा इक्वेडर पनि छनौट भएको हो ।त्यस्तै युरोपियन छनौट अन्तर्गत भने युरो कप बिजेता इटाली भने विश्वकपमा छनौट हुन असफल भएको छ । नर्थ मेसोडोनियासँग १-० गोल अन्तरले पराजित भएपछि इटाली विश्वकप छनौट हुनबाट बन्चित भएको हो । इटाली यस अघिको विश्वकपमा पनि छनौट हुन असफल भएको छ । पोर्चुगलले भने विश्वकप खेल्न सक्ने सम्भावना कायम नै रहेको छ । टर्कीलाई ३ -१ हराएपछि पोर्चुगलको सम्भावना कायम छ । अब पोर्चुगलले विश्वकपमा छनौट हुन् नर्थ मेसोडोनियालाई हराउनु पर्ने छ। हाल चलिरहेको छनौट चरणको खेलहरु २९ मार्चसम्म चल्ने छ । आयोजक कतार सहित जर्मनी , डेनमार्क, ब्राजिल, फ्रान्स,  बेल्जियम, क्रोएसिया, स्पेन, , सर्बिया, इंग्ल्यान्ड, स्विजरल्याण्ड, नेदरल्याण्ड, अर्जेन्टिना,  इरान र साउथ कोरिया यस अघि नै छनौट भईसकेका छन्  ।    विश्वकपको मुख्य प्रतियोगिता भने २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो  । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो  । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो  । 

सम्बन्धित सामग्री

अष्ट्रेलिया विश्वकपमा छनौट, अन्तिम टिमको टुंगो आज लाग्ने

अष्ट्रेलिया कतारमा हुने विश्वकपमा छनौट भएको छ । मंगलबार भएको प्ले अफ खेलमा पेरुलाई पेनाल्टीमा पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा स्थान पक्का गरेको हो ।निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि पेनाल्टी मार्फत बिजेता छनौट गरिएको हो । पेनाल्टीमा ५-४ गोल अन्तरले अष्ट्रेलिया विश्वकपमा छनौट भएको हो । अब अष्ट्रेलिया विश्वकपको समुह डि मा रहने छ । उक्त समुहमा अष्ट्रेलियासंगै फ्रान्स , डेनमार्क , र ट्युनिसिया रहेका छन् । विश्वकपमा यो अष्ट्रेलियाको छैठौ सहभागिता हुने छ । तर हालसम्म अष्ट्रेलिया समुह चरणभन्दा माथि जान सकेको छैन । यस संगै अब विश्वकपमा छनौट हुने ३२ मध्ये ३१ टोलीको टुंगो लागेको छ । थप १ टिमको आज लाग्ने छ । आज राति नेपाली समय अनुसार ११:४५ बजे सुरु हुने कोस्टारिका र न्युजिल्यान्डबीचको विजेताले बाँकि रहेको अन्तिम स्थान हात पार्ने छ । यो खेलको बिजेता विश्वकपमा छनौट हुने अन्तिम तथा ३२ औ टिम बन्ने छ ।  विश्वकपको मुख्य प्रतियोगिता २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो  । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो  । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो  । कुन देश कुन समुहमा ? समूह ‘ए’ :कतारनेदरल्यान्डसेनेगलइक्वेडरसमूह ‘बी’ :इङ्ल्यान्डअमेरिकाइरानवेल्ससमूह ‘सी’ :अर्जेन्टिनामेक्सिकोपोल्याण्डसाउदी अरेबियासमूह ‘डी’ :फ्रान्सडेनमार्कट्यूनिसियाअष्ट्रेलियासमूह ‘ई’ :स्पेनजर्मनीजापानकोष्टारिका/न्यूजिल्याण्डसमूह ‘एफ’ :बेल्जियमक्यानडाक्रोएसियामोरक्कोसमूह ‘जी’ :ब्राजिलस्वीटजरल्यान्डसर्बियाक्यामरूनसमूह ‘एच’ :पोर्चुगलउरुग्वे दक्षिण कोरियाघाना

विश्वकपको 'ड्र' सार्वजनिक, कुन देश कुन समूहमा ?

काठमाडौँ : कतारमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक गरिएको छ। आयोजकसहित २९ देशको टुङ्गो लागेको छ भने ३२ देशले भाग लिने विश्वकपमा बाँकी ३ देशको टुङ्गो आगामी जुनमा मात्र लाग्ने छ।विश्वकपमा छनौट भएका देश मध्ये युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इङल्याण्ड, स्वीटजरल्याण्ड, नेदरल्याण्डस्, पोर्चुगल, पोल्याण्ड,घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरुन, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर, क्यानडा, मेक्सिको, अमेरिका, इरान, दक्षिण कोरिया, जापान, साउदी

पोर्चुगल र पोल्याण्डकाे विश्वकपमा स्थान सुरक्षित

लन्डन । फिफा विश्वकप २०२२ को युईएफए छनौटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई पराजित गर्दै पोर्चुगल विश्वकपका लागि छनौट भएको छ । आज बिहान पोर्चुगलको पोर्टोमा भएको खेलमा पोर्चुगलले म्यासेडोनियालाई २-० गोलको जीत निकाल्दै २०२२ को कतार विश्वकपमा आफ्नो स्थान सुरक्षित बनाएको हो । पोर्चुगलको जीतमा दुवै गोल सेन्टर मिडफिल्डर ब्रुनो फर्नान्डेजले गरेका थिए । पहिलो […] The post पोर्चुगल र पोल्याण्डकाे विश्वकपमा स्थान सुरक्षित appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोर्चुगल र पोल्याण्ड विश्वकप फुटबलका लागि छनौट

काठमाडौं । पोर्चुगल र पोल्याण्ड कतारमा हुने विश्वकप फुटबलका लागि छनौट भएका छन् । मंगलबार राति भएको युरोपेली समुहको प्ले अफ् खेलमा स्विडेनलाई २–० ले हराउँदै पोल्याण्ड विश्वकपमा छानिएको हो । पोल्याण्डका लागि रोबर्ट लेवान्डोस्की र पिएटर जेलेन्स्कीले एक एक गोल गरे । युरोपेली समुहकै अर्को प्ले अफ् खेलमा नर्थ मेसेडोनियालाई २–० ले पराजित गर्दै […]

पोर्चुगल र वेल्सले विश्वकप खेल्ने सम्भावना कायम

पोर्चुगल र वेल्सले विश्वकप यात्राको सम्भावना कायम राखेका छन् । कतारमा यो वर्ष हुने विश्वकप फुटबलका लागि छनौट चरण अन्तर्गत बिहीबार राति भएको प्ले अफ खेलमा पोर्चुगल र वेल्स विजयी भएका हुन् । घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले टर्कीमाथि ३–१ को जित दर्ता गरेको हो । पोर्चुगलका लागि ओताभिओ, जोटा र नुनेसले गोल गरे । […]

​स्वीट्जरल्याण्डलाई हराएमा पोर्चुगल विश्वकपमा सिधै छनौट हुने

असोज २२ – शनिबार राति भएको विश्वकप २०१८ को युरोप क्षेत्रको छनौट खेलमा एन्डोरालाई २–० ले हराउँदै पोर्चुगलले विश्वकपमा सिधै छनौट हुने सम्भाव...