काठमाडौँ, २३ असोज: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएकी छिन् । सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि उनले यो मन्त्रालय जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले विगतमा हुने गरेका गल्ती वा कमजोरीलाई सच्याएर जनताले अनुभव गर्ने गरी परिणाममुखी काम गर्न कर्मचारीलाई निर्देशन दिएकी हुन् […]