भूमि सम्बन्धी समस्या समाधानको काम छिटो सक्न मन्त्री श्रेष्ठको निर्देशन

भूमि सम्बन्धी समस्या समाधानको काम छिटो सक्न मन्त्री श्रेष्ठको निर्देशन भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले उद्देश्य अनुसार परिणाम निस्कने गरी काम गर्न राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरूलाई निर्देशन दिएकी छन् । राष्ट्रिय भूमि आयोगको कार्यालय ताहाचल काठमाडौंमा आज भएको आयोगको कार्ययोजना तथा कार्यपत्र प्रस्तुति कार्यक्रममा मन्त्री श्रेष्ठले यस अघिका आयोगहरूले गरेका कामहरूलाई समेत आधार मानेर बाँकी काम छिटो सम्पन्न गर्नेगरी योजनाबद्ध रुपमा लाग्न आग्रह गरिन् । मन

सम्बन्धित सामग्री

मालपोत कार्यालयका कर्मचारीलाई छिटो छिटो सरुवा नगर्न मन्त्री श्रेष्ठको निर्देशन

फागुन ९, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मालपोत कार्यालयमा छिटो छिटो कर्मचारी सरुवा नगर्न निर्देशन दिएकी छिन् । छोटो समयमा कर्मचारीको सरुवा हुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको भन्दै कर्मचारी सरुवालाई चक्रिय प्रणालीमा लैजान पनि उनले आग्रह गरिन् । चक्रिय प्रणाली अनुसार कमर्चारी सरुवा गर्ने प्रक्रियाको सुरुवात भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट गर्न समेत मन्त्री श्रेष्ठले आग्रह गरेकी हुन् ।  भूमि व्यवस्थापन तथा अभिलेख विभागको सोमबार अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले मालपोत कार्यालयहरुप्रति जनतामा बसेको छविसँग मन्त्रालय र सरकारको पनि छवि जोडिएकाले यसमा सुधार गर्न इमान्दार भएर काममा लाग्नु आवश्यक रहेको बताइन् ।  मन्त्री श्रेष्ठले मालपोत लगायतका कार्यालयहरु नागरिकसँग प्रत्यक्ष जोडिएको सेवा प्रदायक संस्था भएकाले जनताले परिवर्तन महशुस गर्ने र देखिने गरी काम गर्न विभागलाई निर्देशन दिएकी हुन् ।  विभागले नागरिकका पक्षमा काम गर्दा आइपर्ने नीतिगत र व्यवहारिक समस्या छन् भने त्यो समाधान गरेर कानुनी व्यवधान फुकाउन मन्त्रालय सधैव तयार रहेको पनि श्रेष्ठले भनाई छ ।  मन्त्री श्रेष्ठले देशभरका मालपोत कार्यालयहरुमा प्रविधिको उच्चतम प्रयोग गरी सेवालाई चुस्त दुरुस्त बनाउने, भूमिको दोहन नियन्त्रण गर्ने तथा सरकारी र सार्वजनिक जग्गाको संरक्षण गर्ने विषयमा कुनै कसर नरहने गरि काम गर्न समेत विभागलाई निर्देशन दिएकी छन् ।

तोकिएकै समयमा काम सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले तोकिएको कार्य तोकिएकै समयमा उत्कृष्ट रूपले सम्पन्न गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएकी छन् ।मन्त्रालयमा सोमबार राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कर्मचारीसँगको छलफलमा मन्त्री श्रेष्ठले काम गर्दा केही नीतिगत र कानुनी रूपमा समस्या छन् भने त्यसको समाधानका लागि समयमा नै मन्त्रालयमा जानकारी गराउन निर्देशन दिँदै त्यसलाई तत्काल […]

तोकिएकै समयमा काम सम्पन्न गर्न राष्ट्रिय भूमि आयोगलाई मन्त्री श्रेष्ठको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले तोकिएको कार्य तोकिएकै समयमा उत्कृष्ट रुपले सम्पन्न गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएकी छन् । मन्त्रालयमा सोमबार राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कर्मचारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले काम गर्दा केही नीतिगत र कानुनी रुपमा समस्या छन् भने त्यसको समाधानका लागि समयमा नै मन्त्रालयमा जानकारी गराउन निर्देशन दिँदै त्यसलाई तत्काल सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताएकी हुन् । मन्त्री श्रेष्ठले यो वा त्यो वहाना देखाएर काम पन

तोकिएकै समयमा काम सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले तोकिएको काम समयमै सक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएकी छिन् । मन्त्रालयमा आज राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कर्मचारीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले नीतिगत र कानुनी समस्या भएमा समाधानका लागि जानकारी गराउन समेत निर्देशन दिएकी छिन् ।‘यो वा त्यो बहाना देखाएर काम पन्छाउने वा भाग्न पाइँदैन । भूमि सम्बन्धी समस्या समाधान गर्न बनाइएको कार्ययोजना अनुसार जति सक्दो छिटो र परिणाम निस्कने गरी काम गर्नुपर्छ,’ उनले भनिन् । बैठकम