काम नसकिँदै बेलहिया-बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाको कार्यालय खारेज, बुटवलमा सडक अस्तव्यस्त

रुपन्देही । बुटवलदेखि बेलहियासम्म ६ लेन सडक विस्तार आयोजनाको कार्यालय खारेज गरिएको छ । १० वर्षअघि स्थापना भएको बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाको कार्यालय सडक निर्माणको काम पूरा नहुँदै खारेज गरिएको छ । अहिलेसम्म बुटवलको राजमार्ग चौराहादेखि बेलहियासम्म २४ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडक र बेलहियाको ७०० […]

सम्बन्धित सामग्री

दुहबीमा सडक विस्तार गर्न नदिन सत्याग्रह

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारत जोड्ने सोझो ‘लिङ्क’ रोडको विराटनगर–धरान सडक खण्डअन्तर्गत दुहबीमा सडक विस्तार गर्न नदिन स्थानीय शुक्रबार एकदिने सत्याग्रहमा बसेका छन्।...

तरहरा–सेउतीसम्मको छ लेन सडक तीन दिनभित्र विस्तार गर्ने सहमती

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार अन्तर्गत इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक तीन दिनभित्रमा थाल्ने सहमति भएको छ।...

इटहरीको तरहरादेखि सेउतीसम्मको छ लेन सडक चाँडो निर्माण गर्न दबाब

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार भइरहेको छ लेन सडक इटहरीको तरहरादेखि धरानको सेउतीसम्म चाँडो निर्माण गर्न दबाब दिइएको छ।...

बेलहिया-बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाको कार्यालय खारेज

बुटवल– सडक विस्तारको काम पुरा नहुँदै बेलहिया-बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाको कार्यालय खारेज भएको छ।  बुटवलदेखि बेलहियासम्म ६ लेन सडक बिस्तार गर्नेगरी १० वर्षअघि आयोजनाको कार्यालय स्थापना भएको थियो । तर आयोजनाले अहिलेसम्म बुटवलको राजमार्ग चौराहादेखि बेलहिया सम्म २४ किलोमिटर सडक निर्माण सम्पन्न गरेको छ भने चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडक दुई  वर्षदेखि अलपत्र […]

बुटवलमा साढे ३ किलोमिटर सडक ६ वर्षमा पनि बनेन

२२ असार, बुटवल । बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको ६ लेन सडक विस्तार ठेकेदारको चरम लापरवाहीका कारण दुई पटक थपिएको म्याद भित्र पनि पूरा नहुने भएको छ । बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत साढे ३ किलोमिटर सडक ३० महिनामा पूरा गर्ने गरी २०७३ चैत १२ मा सम्झौता भएको थियो । कञ्चनजंघा/बिरुवा जेभीले ठेक्का पाएको […]

ठेकेदारको लापरबाहीले ६ लेन सडक निर्माण सुस्त

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार भइरहेको सडक अन्तर्गत यतिबेला इटहरीको तरहरादेखि धरानसम्म सडक विस्तार भइरहेको छ। तर, सडक विस्तार सुस्त गतिमा छ। जसले गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ।...

छ लेन सडक विस्तार, दुहवी क्षेत्रमा जग्गा खाली गर्न नगरपालिकासँग माग

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विराटनगर–धरान सडक खण्ड निर्माणमा दुहवी बजार क्षेत्रसँगै आसपासको जग्गा खाली गर्न माग गरिएको छ।...

समय दोब्बर बित्यो, सकिएन व्यापारिक मार्ग विस्तार

वीरगञ्ज । दुई वर्षमा सक्ने लक्ष्य राखेर विस्तार थालिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग साढे ५ वर्ष बित्न लाग्दा पनि पूरा भएको छैन । देशकै मुख्य नाका र औद्योगिक कोरिडोरलाई जोड्ने व्यापारिक मार्गको स्तरोन्नतिमा भइरहेको ढिलाइले उद्योग व्यापारदेखि समग्र आवागमन समस्याग्रस्त बनेको छ । वीरगञ्ज–पथलैयाको मितेरी पुलदेखि पथलैया र सुक्खा बन्दरगाह आईसीपी भएर हुने ढुवानी र आवतजावत सकसपूर्ण बनेको छ । शुरूमा ६ खण्डमा बाँडेर ठेक्का लगाएको व्यापारिक मार्ग विस्तार आयोजनाले पुल निर्माणलगायतका काम थपेर ठेक्कालाई १३ खण्डमा पुर्‍याइसकेको छ । कुनै पनि खण्ड निर्माण सम्पन्न भने भएको छैन । अहिलेसम्म १३ निर्माण कम्पनीमध्ये कुनैले पनि निर्माण सम्पन्नको प्रमाण नलिएको आयोजना कार्यालयले बताएको छ । ६ लेनको व्यापारिक मार्गको केही खण्ड कालोपत्र भएको पनि छ । निर्माण पूरा नहुँदै यो सडक भत्किन थालिसकेको छ । सडकमा गुड्ने ढुवानीका साधनले भारवहन मापदण्ड पालना नगर्दा सडक भत्किएको निर्माण व्यवसायी र आयोजनाको भनाइ छ । व्यापारिक मार्ग स्तरोन्नति भएपछि औद्योगिक कच्चा पदार्थ र तयारी मालबस्तुको ढुवानी सहज हुने अपेक्षा राखिएकोमा दोब्बर समय बितिसक्दा पनि पूरा नहुँदा समस्या भएको वीरगञ्ज उद्योग वाणिज्य संघ उद्योग समितिका संयोजक हरि गौतम बताउँछन् । ठाउँठाउँमा मुख्य लेन निर्माण गरिए पनि सर्भिस लेन, ग्रिन बेल्ट, रङरोगनको काम भएको छैन । सरकारले कोरोना महामारीलाई कारण देखाएर सम्पूर्ण योजनाको म्याद ६ महीना थपेको छ । यस आधारमा यो मार्ग विस्तारको जिम्मा लिएका ठेकेदारहरुले आगामी फागुन चैतसम्म समय पाएका छन् । थपिएको समयसीमाभित्र सडक विस्तारको काम पूरा हुने विश्वास आयोजनाका प्रमुख मनीषकुमार साहको छ । सडक निर्माणमा भइरहेको ढिलाइका कारण ढुवानी र  आवागमन सकसपूर्ण भएको भन्दै बारा र पर्सा जिल्लाका प्रशासन प्रमुखले सरोकारका पक्षलाई बोलाएर छलफल राखेका थिए । मंगलवार वीरगञ्जमा भएको छmलफलका क्रमममा बारा र पर्साका प्रमुख जिल्ला अधिकारीहरूले आउँदो फागुनसम्म काम सक्न निर्माण आयोजना र निर्माण व्यावसायीलाई निर्देशन दिएका छन् । पछिल्लो पटक थपिएको समयभित्र काम नसक्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । यो मार्गको स्तरोन्नतिको काम २०७३ असारमा थालिएको थियो । शुरूमै ठेक्का लिएका व्यवसायीले पनि अहिलेसम्म काम पूरा गरेका छैनन् । पेश भएको बीलको भुक्तानी समयमा नपाउनु, मुआब्जाको विवाद, निर्माण सामग्री आपूर्तिमा अवरोध, राइटअफ वेका समस्यालगायतले ढिलाइ भएको तर्क निर्माण व्यवसायीले गरे । यसअघि २ लेनको त्रिभुवन राजपथ र आईसीपीदेखि परवानीपुरसम्मको सडक ५० मिटर फराकिलो बनाइने योजना छ । व्यापारिक मार्गको बीचबाट ११/११ मिटर दाँयाबाँया ६ लेनको मुख्य सडक निर्माणको काम भइरहेको छ । दुवैतर्फ साढे ३ मिटरको ग्रीन बेल्ट र साढे ५ मिटरमा दुईतर्फी सर्भिस लेन बनाइने आयोजनाको भनाइ छ । सर्भिस लेनपछाडि दुवै किनारमा साढे ३ मिटरमा नाली र फुटपाथ निर्माण भइरहेको छ । परवानीपुरदेखि गण्डकसम्मको सडकलाई भने ४ लेन बनाउने गरी काम भइरहेको आयोजनाले बताएको छ । व्यापारिक मार्गलाई जतिसक्दो चाँडो पूरा गरिनुपर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका गौतम बताउँछन् । व्यापारिक मार्ग निर्माणमा ढिलाइले यो क्षेत्रको सम्भाव्यता उपयोगमा कठिनाइ भइरहेको गौतमको भनाइ छ ।

छ लेन सडक विस्तार: धरान बजारमा अन्यौल, दुहवीमा बजार क्षेत्र छाड्ने टुंगो

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विराटनगर–धरान सडक खण्ड निर्माणमा धरानको बजार क्षेत्र सडक विस्तारमा अन्यौल भएको छ।...

तीन जिल्ला जोड्ने खुलालु-लैफु-सलीसल्ला सडक

नेपाली सेनाले कर्णाली करिडोरअन्तर्गतको खुलालु–लैफु–सलीसल्ला सडक हस्तान्तरण गरेको छ ।  नेपाली सेनाका कर्णाली करिडोर सडक कार्यदलका प्रमुख प्राविधिक सेनानी मिलन कार्कीले उत्तर दक्षिण व्यापारिक मार्ग हिल्सा–सिमिकोट आयोजना प्रमुख विष्णुदास लामालाई सडक हस्तान्तरण गरेका हुन् ।  २०७१ चैत ९ गतेबाट निर्माण शुरू गरिएको कुल १२२.७५ किलोमिटर लम्बाइ र औसत ६ मिटर चौडाइ रहेको उक्त सडक खण्डले कालीकोट, बाजुरा र हुम्लालाई जोडेको छ ।  सडक निर्माणसँगै राष्ट्रिय सञ्जालमा जोडिन बाँकी रहेको अन्तिम जिल्ला हु...