कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन– दत्तचित भएर काम गर्नू

विराटनगर । अर्थमन्त्री जनार्दन शर्माले सरकारको लक्ष्य र उद्देश्य पूरा गर्न राष्ट्रसेवक कर्मचारीले दत्तचित भएर काम गर्नुपर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा राष्ट्रसेवक कर्मचारीलाई आज निर्देशन दिँदै उनले अपराध अनुसन्धानमा सुरक्षा निकायले गम्भीरतासाथ काम गर्नुपर्ने निर्देशन दिए । मन्त्री शर्माले कोभिड प्रभावित गरीब परिवारलाई सरकारले राहत स्वरुप दिने रु १०...

सम्बन्धित सामग्री

लगानी सम्मेलन केन्द्रित काम गर्न नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

लगानी सम्मेलन केन्द्रित काम गर्न नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

लगानी सम्मेलन केन्द्रित काम गर्न नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

लगानी सम्मेलन केन्द्रित काम गर्न नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

विमानस्थलका कर्मचारीलाई दृढताका साथ काम गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा.प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएका छन् । आज विमानस्थल अनुगमनपछि मन्त्री डा महतले आगामी दिनमा कुनै पनि बाहानामा वा कुनै पनि तबरबाट गैरकानुनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार हुन आग्रह गरे । “अपराध र तस्कारी गर्ने मनसाय भएका व्यक्तिले नयाँ-नयाँ प्रविधिको प्रयोग […]

कार्यालयको क्षमता वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय मातहतका निकायका प्रमुखहरुलाई आ-आफ्ना कार्यालयको क्षमता वृद्धि  गरेर बजेटको लक्ष्य पूरा गर्न निर्देशन दिएका छन्।  बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७८/७९ को प्रगति समीक्षा एवम मन्त्रालय स्तरिय बिकास समस्या समाधान समितिको बैठकमा सम्बोधन गर्दै शर्माले वार्षिक लक्ष्य पुगेका निकायले अझै आजको आवश्यकता अनुसार आफूलाई थप क्षमतावान बनाउनु पर्ने र लक्ष्य नपुगेका कार्यालयले आफ्ना लक्ष्य पुर्याउन योग्य बनाउनु पर्ने बताए ।अहिलेको काम गर्ने मुख्य औजार

जनता खुसी हुने साना काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय जनप्रनिधिलाई ठूला काम भन्दा जनता खुसी हुने साना काम गर्न निर्देशन दिनुभएको छ । स्थानीय तहको निर्वाचनबाट रुकुम पश्चिममा निर्वाचित जनप्रतिनिधिहरुसँग अर्थमन्त्री शर्माले शुक्रबार अर्थमन्त्रालमा छलफल गर्दै यस्तो निर्देशन दिनुभएको हो । छलफलमा रुकुम पश्चिमका नगरपालिका प्रमुख÷उप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्यलगायतको उपस्थिति थियो । अर्थमन्त्री शर्माले पालिका भित्रका स्थानीयलाई […]

विप्रेषण र पर्यटन वृद्धिमा पहल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै विप्रेषण भित्र्याउन र बाह्य पर्यटक आगमन बढाउन पहल गर्न विदेशस्थित नेपाली नियोग प्रमुखहरूलाई निर्देशन दिएका छन् । दुई दर्जनभन्दा बढी मुलुकका राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूतसहित विभिन्न देशका नियोग प्रमुखहरूसँग आइतवार दिउँसो भर्चुअल बैठक गर्दै उनले उक्त निर्देशन दिएका हुन् । सरकार विदेशी मुद्राको सञ्चिति बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनुपर्ने दबाबमा रहेको भन्दै अर्थमन्त्री शर्माले यसका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए । ‘हामीलाई यतिबेला विदेशी विनिमय सञ्चिति बढाउनुपर्ने दबाब छ । यसमा तपाईंहरूले विशेष भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने, ‘विप्रेषणको रूपमा पैसा पठाउन त्यहाँका नागरिकलाई प्रोत्साहन गर्नुस् । पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम गरी धेरैभन्दा धेरै पर्यटक नेपाल आउने वातावरण सृजना गर्नुस् ।’ चैतमा ९१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको जानकारी दिँदै उनले आगामी महीना यसलाई बढाउन खाँचो रहेको उनले बताए । ‘विप्रेषण बढाउन विभिन्न प्याकेज ल्याउन लागेका छौं । रेमिट गर्नेहरूलाई आईपीओ र एफपीओमा निश्चित प्रतिशत आरक्षण दिनेसम्मको गृहकार्य भएका छन्,’ उनले भने । अर्थमन्त्री शर्माले लगानी सम्मेलन आयोजना गरी नेपालमा विदेशी लगानी बढाउने वातावरण सृजना गर्नुपर्ने पनि बताए । ‘अलि ठूला परियोजना बनाउँदा मात्र ऋण लिने र यस्तो ऋण सम्बन्धित परियोजनाले नै तिर्नसक्ने किसिमले लिनेगरी मोडालिटी बनाउँदै छौं,’ उनले भने, ‘गैरआवासीय नेपालीलाई पनि डलरमा खाता खोल्न धेरै सहज बनाइसकेका छौं ।’ यसैगरी कुन देशमा कस्तो वस्तुको माग रहेको र नेपालमा त्यसको उत्पादन हुन सक्ने भए सुझाव दिन पनि उनले आग्रह गरे । अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्र दबाबमा रहेको र यसलाई विस्तारै सुधार गर्ने दिशामा सरकार अघि बढेको बताएका थिए । कार्यक्रममा कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले अर्थतन्त्र दबाबमा भएकाले सबै मिलेर सुधार गर्नुपर्ने खाँचो रहेको औंल्याइन् ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम तत्काल लागू गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू गर्न निर्देशन दिएका छन । उनले मोबाइल वितरक सङ्घको दोश्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै यस्तो निर्देशन दिएका हुन् ।एमडिएमएस लागू नहुँदा नेपालमा अवैध मोबाइल आयात भइरहेकाले त्यसलाई तत्काल रोक्नु पर्ने बताए । भने, "नेपालमा अवैधरुपमा अवैध काम हुँदै आएको छ ।"मन्त्री शर्माले यहि महिनादेखि एमडिएमएस लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका हुन । अवैध आयातकर्तालाई पोस्न एमडिएमएस लागू नभएको हुनसक्ने भ

परिणामुखी काम गर्न नवनियुक्त सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजस्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रकको जिम्मेवारी पाएका सचिव सुमनराज अर्याललाई परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । नवनियुक्त सचिवहरूलाई स्वागत गर्न आइतवार अर्थ मन्त्रालयमा आयोजित स्वागत समारोहमा मन्त्री शर्माले मन्त्रालय अन्तर्गतका तीन जना सचिवहरूको विशिष्ट जिम्मेवारीलाई एकीकृत कार्यप्रणालीको माध्यमबाट कार्यसम्पादन गर्न भनेका हुन् । मन्त्री शर्माले यसअघि आपूmले राजस्व वृद्धि, भन्सार, सावजनिक संस्थान, अनुगमन, अध्ययन अनुसन्धानलगायतको विषयमा आपूmले माग गरेका योजनाहरू यथाशक्य चाँडो पेश गर्न समेत निर्देशनसमेत उनले दिए । वित्त व्यवस्थापन (मूलतः अर्थोपार्जन), त्यसको समुचित वितरण र अनुगमनको जिम्मेवारीमा रहेका नवनियुक्त सचिवहरूबाट आआप्mनो विशिष्टता अनुसारको परिणाममुखी भूमिका निर्वाह हुने विश्वास मन्त्री शर्माको थियो । समारोहमा अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रका सूचकहरूमा सकारात्मक परिणाम दिन सके मात्र आफूहरूले काम गरेको ठहर्ने भएकाले सोहीअनुसार खटिनुपर्नेमा जोड दिए । उनले राजस्व वृद्धि, पूँजीगत खर्च क्षमताको वृद्धि र वित्तीय अनुशासन कायम गर्ने विषयमा सकारात्मक परिणाम दिनैपर्ने आवश्यकता औंल्याउँदै सचिव मरासिनीले संविधानको भावना र वर्तमान सरकारको भिजनअनुसार समाजवादी अर्थतन्त्र निर्माणको जग बसाल्ने जिम्मेवारी आफूहरूमा रहेको बताए । नवनियुक्त राजस्व सचिव कृष्णहरि पुष्कर कर्णले ब्युरोक्रेसीमा अनुभवी व्यक्ति धेरै रहेको तर ‘पर्फमर’ कम देखिएको स्वीकार गर्दै देशभर रहेका अन्य सरकारी कार्यालयहरूले समेत स्वामित्व महसूस गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । करदातामैत्री सेवा प्रवाहमा जोड दिनुका साथै राजस्व तथा भन्सार प्रशासनमा ‘इम्पोर्टेड ट्रेन्ड’ भन्दा ‘होम ग्रोन ट्रेन्ड’ का आधारमा काम गरिने बताए । नवनियुक्त महालेखा नियन्त्रक सुमनराज अर्यालले नीतिगत सुधार व्यावसायिक दक्षता र सूचना प्रविधिको उच्चतम प्रयोग गरेर महालेखाको कार्यप्रणालीलाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाए । उनले सरकारी खर्च प्रणालीमा वित्तीय अनुशासनको पक्ष महŒवपूर्ण रहेकोमा जोड दिँदै त्यसका लागि आफ्नो तर्फबाट सक्दो योगदान हुने विश्वास दिलाए ।

समाजवाद उन्मुख अर्थतन्त्र निर्माणलाई ध्यान दिएर काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ– नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीले सोमबार पद बहाली गरेका छन्। महालेखा नियन्त्रकको कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका सचिव मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिरकुमार ढुंगानाको बिदाइ गरिएको छ। ६ महिनापछि सेवानिवृत्त हुन लागेका सचिव ढुंगानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ। मन्त्रालयमा आयोजित एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्माले निवर्तमान सचिवको बिदाइ र नवनियुक्त सचिवको स्वागत गरेका थिए। […]