समाजवाद उन्मुख अर्थतन्त्र निर्माणलाई ध्यान दिएर काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ– नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीले सोमबार पद बहाली गरेका छन्। महालेखा नियन्त्रकको कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका सचिव मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिरकुमार ढुंगानाको बिदाइ गरिएको छ। ६ महिनापछि सेवानिवृत्त हुन लागेका सचिव ढुंगानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ। मन्त्रालयमा आयोजित एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्माले निवर्तमान सचिवको बिदाइ र नवनियुक्त सचिवको स्वागत गरेका थिए। […]