नेपाली राजनीति जटिल बन्नुको मुख्य कारण देशका मुख्य दुई पार्टी नेकपा एमाले र नेपाली कांग्रेसबीचको अस्वस्थ प्रतिस्पर्धा हो । दुई पार्टी मिल्न नसक्दा देशमा अनेकौं समस्या जन्मिएको छ । दुई पार्टी मिल्न नसक्दा देशका समस्याहरूको आयतन पनि बढ्दै गएको छ ।
अहिले राजनीतिक गतिरोधको केन्द्रमा एमसीसी देखिएको छ । तर, एमसीसी वास्तविक मुद्दा होइन, गतिरोधको छायाँ मात्र हो । विभिन्न राजनीतिक स्वार्थहरूले एमसीसीलाई यो स्तरको मुद्दा बनाएको हो भन्ने बिर्सन हुँदैन ।
एमाले र माओवादी एउटै पार्टी रहेको बेला पुष्पकमल दाहाल ‘प्रचण्ड&...