सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेड व्यवस्थापकीय नेतृत्वविहीन बन्दा उद्योगको उत्पादन र बिक्री दुवै प्रभावित बनेको छ । उद्योगका महाप्रबन्धकको पदावधि गत पुस मसान्तमा सकिएपछि पनि अर्को व्यवस्था नहुँदा उद्योगको आर्थिक तथा प्रशासनिक काममा जटिलता उत्पन्न भएसँगै उत्पादन र बिक्री प्रभावित बनेको हो । उद्योगका तत्कालीन महाप्रबन्धक प्रेमशङ्कर सिंह भएकै समयमा उद्योगको उत्पादनले गति लिन नसकेको र बिक्रीसमेत ठप्प भएको थियो ।