कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

कोइलाको अभावमा हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ। उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आपूर्तिको बोलपत्र आह्वान गरेर पहिलो र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला ल्याउने क्रममा रहेको जनाएको छ।...

सम्बन्धित सामग्री

चार महिनादेखि सिमेन्ट उद्योग बन्द

आर्थिक सङ्कटमा गुज्रँदै आएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको उत्पादन गत चार महिनादेखि बन्द रहेको छ । आर्थिक सङ्कटसँगै व्यवस्थापकीय कमजोरीका कारण उत्पादन बन्द भएको उद्योग सञ्चालनको माग गर्दै उद्योगमा कार्यरत मजदुर आन्दोलित भएका छन् । उद्योग व्यवस्थापनले समयमा कोइला व्यवस्थापन गर्न नसक्दा उद्योगको उत्पादन झन्डै गत चार महिनादेखि बन्द रहेको छ । उद्योगको बिक्री प्रवर्धनसम्बन्धी नीति समयसापेक्ष नहुँदा उत्पादन भएको सिमेन्ट अपेक्षा अनुसार बिक्री हुन सकेको छैन । उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको, सिमेन्ट उत्पादन लागत बढ्दै गएको र मूल्यमा निजी उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बर्सेनि घाटामा चल्दै आएको छ ।

हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो

काठमाडौँ,१२ फागुन । कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई एक हजार छ सय मेट्रिक टन […]

हेटौँडा सिमेन्ट पुनः सञ्चालन

कोइला अभावका कारण बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ । कोइला अभावसँगै उद्योगको किल (क्लिङ्कर उत्पादन गर्ने) मा समस्या आएका कारण गत साउन महिनादेखि उद्योगको उत्पादन ठप्प रहेको थियो । उद्योगका प्रवक्ता अशोक गौतमले कोइला आपूर्ति हुन थालेसँगै बन्द उद्योगबाट क्लिङ्कर उत्पादन प्रक्रिया सुरु भएको जानकारी दिनुभयो ।

तीन महिनादेखि बन्द हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन

मकवानपुर – तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि क्लिङ्कर उत्पादन सुरु भएको छ। भट्टीमा कोइलाको आपूर्ति गरेर आजै काम सुरु गरिएको सिमेन्ट उद्योग व्यवस्थापनले जनाएको छ। उद्योगलाई चाहिने गुणस्तरीय कोइला बोलपत्रमार्फत भारत, भुटान, इन्डोनेसियालगायत अन्य देशबाट आपूर्ति गरिएको छ। हाल १४ हजार मेट्रिक टन कोइला आपूर्ति भइरहेको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार […]

तीन महिनादेखि बन्द हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन

तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि क्लिङ्कर उत्पादन सुरु भएको छ । भट्टीमा कोइलाको आपूर्ति गरेर आजै काम सुरु गरिएको सिमेन्ट उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगलाई चाहिने गुणस्तरीय कोइला बोलपत्रमार्फत भारत, भुटान, इन्डोनेसियालगायत अन्य देशबाट आपूर्ति गरिएको छ । हाल १४ हजार म्याट्रिक टन कोइला आपूर्ति भइरहेको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।उद्योगमा केही महिनादेखि आर्थिक अभावको कारणबाट समयभित्रै कोइला आपूर्ति गर्न कठिनाइ भएको थियो । हाल

कोइला अभावको बहानामा दुई सरकारी सिमेन्ट उद्योग बन्द

उदयपुर सिमेन्टले गत आर्थिक वर्ष ०७८/७९ को नाफा–नोक्सान विवरण सार्वजनिक गर्न इन्कार गरेको छ भने हेटौँडा सिमेन्टले साढे २३ करोड नोक्सान व्यहोरेको छ पूर्ण सरकारी स्वामित्वका उदयपुर र हेटौँडा सिमेन्ट उद्योग...

कोइला नहुँदा डेढ महिनादेखि उत्पादन बन्द

विभिन्न समस्याले गर्दा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा समस्या आएको छ । कोइला आपूर्तिमा समस्या आएपछि हेटौँडा सिमेन्ट उद्योगको उत्पादन डेढ महिनादेखि बन्द छ । पानी परेकाले कोइला आपूर्तिमा समस्या भएको र केही दिनभित्रै कोइला आपूर्ति हुने उद्योगका प्रवक्ता अशोक गौतमले बताउनुभयो । कोइला अभावसँगै उद्योगको किलमा (क्लिङ्कर बनाउने ठाउँ) समस्या आएको छ भने उद्योगमा करिब ४० हजार बोरा सिमेन्टको क्लिङ्कर मौज्दात छ ।