गलेश्वर : उत्तरतर्फ हेर्दा टलक्क टल्कने हिमाल। पूर्वतर्फ बागलुङको पञ्चकोट। निकै सुन्दर र मनमोहक लाग्छ ज्यामरुककोट। खेतका फाँटमा पहेँलै पाकेका धान र धान थन्क्याउन लागेका महिला तथा पाका किसान। बेफुर्सदिला छन् उमेरले ५० काटेका पाका गाउँलेहरू पनि।केही वर्षअघि सम्म म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डे, सानालेख, गौश्वारा र फापरखेतमा सोह्र श्राद्ध नसकिँदै लिङ्गे पिङ हालेर युवाहरू दशैँको तयारी गरिसक्थे।अहिले दशैँको छैटौँ दिन बितिसक्दा पनि गाउँमा न कतै लिङ्गे पिङ न त युवाहरू नै द