सहकारीले लगानीको ५१ प्रतिशत अनिवार्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने

जेठ १३, काठमाडौं । सहकारीले घरजग्गालगायत अनुत्पादक क्षेत्रमा लगानी गरेको भन्दै आलोचना भइरहेका बेला संघीय सरकारको सहकारी विभागले सहकारी संस्थाहरूलाई आफ्नो कुल कर्जाको ५१ प्रतिशत उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्न निर्देशन दिएको छ ।  बिहीवार एकीकृत निर्देशन–२०७९ जारी गर्दै विभागले ऋणको क्षेत्रगत वर्गीकरण गर्न र प्रवाह भएको कुल ऋणको कम्तीमा ५१ प्रतिशत उत्पादन तथा आयमूलक व्यवसायमा लगानी गर्न निर्देशन दिएको हो । सहकारीले विनियममा उल्लेख नगरी जलविद्युत् आयोजना, अस्पताल, विद्यालय, क्याम्पस, होटेल व्यवसाय, पेट्रोल पम्पलगायत परियोजना सञ्चालन गर्ने नपाउने व्यवस्था गर्नुका साथै विनियम स्वीकृत गरेका संघसंस्थाले पनि यस्ता परियोजनामा गरेको लगानी संस्थाको पूर्ण स्वामित्व कायम हुने गरी मात्र गर्नुपर्ने व्यवस्था गरिएको छ ।  परियोजनामा सदस्यको बचत रकम परिचालन गरी लगानी गर्न नपाउने र यस्ता परियोजनामा प्रवाह हुने बा⋲य ऋण कुल सम्पत्तिको ५ प्रतिशतमा नबढ्ने गरी गर्नुपर्ने निर्देशनमा उल्लेख छ । निर्देशनमा सहकारी संघसंस्थाको दर्ता तथा नियमनसम्बन्धी कार्यमा प्रत्यक्षरूपमा संलग्न निर्वाचित वा मनोनयन हुने सार्वजनिक पदमा बहाल रहेको पदाधिकारी वा सरकार, प्रदेश सरकार वा स्थानीय तहको कार्यालय वा निकायमा कार्यरत कर्मचारी सहकारी संस्थाको सञ्चालक समिति वा लेखा सुपरिवेक्षण समितिमा निर्वाचित वा मनोनीत हुन नसक्ने व्यवस्था गरेको छ । यस्ता पदमा बहाल रहेको भएमा तत्काल राजीनामा दिने र रिक्त पद आगामी साधारणसभामा उपनिर्वाचनको माध्यमबाट पदपूर्ति गर्ने व्यवस्था मिलाउन समेत विभागले निर्देशन दिएको छ । यसअघि विभागका तत्कालीन रजिस्ट्रार झलकराम अधिकारीले फागुन १ गते ८८ बुँदे एकीकृत निर्देशन जारी गरेका थिए । ३ महीनापछि रजिस्ट्रार रुद्रप्रसाद पण्डितले फेरि एकीकृत निर्देशनकै नाममा जारी गरेका हुन् ।  नयाँ निर्देशनमा घटाएर ३५ बुँदा कायम गरिएको छ । तर, नयाँ निर्देशनमा अधिकांश पुरानैमा आएका विषय समेटिएको छ ।  रजिस्ट्रार पण्डितले यसअघि जारी गरिएको निर्देशन स्पष्ट नभएकाले नयाँ जारी गर्नुपरेको दाबी गरे । ‘यसअघि मन्त्रालयको सहमतिसमेत नलिई हतारहतार निर्देशन जारी गरेको पाइयो,’ उनले भने, ‘त्यसैले कार्यान्वयनमा सहज हुनेगरी सटिक र स्पष्ट निर्देशन जारी गरेका हौं ।’  

सम्बन्धित सामग्री

बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाको लगानी औद्योगिक र उत्पादनमूलक क्षेत्रमा बढाउनुपर्नेमा जोड दिएका छन्। निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले औद्योगिक एवं उत्पादनमूलक क्षेत्र लगानी अभावमा समस्यामा पर्न नहुने बताए। ती क्षेत्रको  विकासबिना देशको आर्थिक विकास सम्भव नभएको उल्लेख गर्दै उनले लगानीको अभावमा ती क्षेत्र […]

उत्पादनमूलक क्षेत्रमा सहकारीको डेढ अर्ब लगानी

रोजगारी सृजना, आयात प्रतिस्थापन र नागरिकको आयआर्जन वृद्धिका लागि जुम्लास्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले उत्पादनशील क्षेत्रमा ऋण लगानी गर्दै आएको छ ।२०३१ सालमा स्थापना भई २०२८ यतादेखि घलुवित्तको सेवा दिइरहेको चन्दननाथ सहकारीले उत्पादनशील क्षेत्रलाई प्रथामिकता दिएर ऋण लगानी गर्दै आएको हो ।प्रतिवेदन अनुसार कृषि, होटल व्यवसाय, खुद्रा व्यापार, भेडाबाख्रा पालनलगायतका उत्पादनशील क्षेत्रमा चन्दननाथ सहकारीले हालसम्म […]

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह

राष्ट्रिय वाणिज्य बैंकले ५७औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले वित्तीय व्यवस्थापन आफैमा चुनौतीपूर्ण भए पनि राष्ट्रिय वाणिज्य बैंकले चुनौतीको सामना गरी व्यावसायिक रुपमा अगाडी बढिरहेको बताए ।उनले बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा थप योगदान गर्नुुपर्ने बताए । मनत्रधी शर्माले बैंकले आगामी दिनमा प्रविधिमार्फत दिइने बैंकिङ सेवाले ग्राहकको […]

कृषिलगायत उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन बैङ्कहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कृषि लगायत उत्पादनमूलक क्षेत्रमा व्यापक लगानी विस्तार गर्न बैङ्कहरूलाई निर्देशन दिएका छन् । आन्तरिक उत्पादन वृद्धि नगरी दिगो आर्थिक विकास सम्भव नहुने भन्दै उनले उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न बैङ्कहरूलाई निर्देशन दिएका हुन् । सोमबार राष्ट्रिय वाणिज्य बैङ्कको ५७औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने ‘बैङ्कका नयाँ कार्यक्रममा हालको […]

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न जोड

रोजगारी सिर्जना र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा उद्योगीहरुले जोड दिएका छन । नेपाल उद्योग व्यवसाय महासंघ लुम्बिनी प्रदेश कमिटी र रुपन्देही जिल्ला समितिको संयुक्त आयोजनामा आज भएको बडा दसैंको शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरुले सो धारणा राखेका हुन ।  नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष तथा लुम्बिनी प्रदेश सरकारका पूर्व उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री लीला गिरीले रोजगारीको सिर्जना, उत्पादनमूलक क्षेत्रको विस्तार र सक्रियता, लगानीमैत्री वातावरण र निर्यात प्रवद्र्धन

सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजना उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन् । कोषको ६०औँ वार्षिकोत्सव समारोहको भर्चुअल रुपमा आज उद्घाटन गर्दै मन्त्री शर्माले भने, “सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, यसले राष्ट्रिय पूँजी निर्माणमा सहयोग पुर्‍याउँछ ।” उनले सञ्चयकर्ताको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार […]

उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुने मौैद्रिक नीति ल्याउन सुझाव

पूर्वअर्थमन्त्रीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौैद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैैंकलाई सुझाव दिएका छन् ।प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा पूर्व अर्थमन्त्रीहरु डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे र वर्षमान पुनले निर्यातमूलक उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउन सरकारलाई सुझाव दिए । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले कर्जाको अभावमा अघि बढ्न नसकेका ग्रामीण […]