गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सहकारीमा थुप्रिएको अर्बौं रुपैयाँलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।
शनिवार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटमा भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको नवनिर्मित भवनको उद््घाटन गर्दै मुख्यमन्त्री पोखरेलले देशका सहकारीले ऋण लगाएर ब्याज मात्रै खाने परिपार्टीको अन्त्य गर्नुपर्ने बताए ।
‘हाम्रो देशका विभिन्न सहकारीहरूले अर्बौं रुपैयाँ पैसा थुपारेका छन्,’ मुख्यमन्त्री पोखरेलले भने, ‘तर हामीले विदेशीसँग सहयोगको याचना गर्नुपर्...