कृषिलगायत उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन बैङ्कहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कृषि लगायत उत्पादनमूलक क्षेत्रमा व्यापक लगानी विस्तार गर्न बैङ्कहरूलाई निर्देशन दिएका छन् । आन्तरिक उत्पादन वृद्धि नगरी दिगो आर्थिक विकास सम्भव नहुने भन्दै उनले उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न बैङ्कहरूलाई निर्देशन दिएका हुन् । सोमबार राष्ट्रिय वाणिज्य बैङ्कको ५७औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने ‘बैङ्कका नयाँ कार्यक्रममा हालको […]

सम्बन्धित सामग्री

लगानी सम्मेलन केन्द्रित काम गर्न नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

लगानी सम्मेलन केन्द्रित काम गर्न नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

लगानी सम्मेलन केन्द्रित काम गर्न नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

लगानी सम्मेलन केन्द्रित काम गर्न नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन

काठमाडौं :  अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्।  मंगलवार साँझ सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठकमा उनले लगानी सम्मेलनको सचिवालयलाई निर्देशन दिए। लगानी सम्मेलन निर्देशक समितिका संयोजक समेत रहेका अर्थमन्त्री पुनले मुलुकभित्र उत्पादन र रोजगारीका अवसरहरू सिर्जना गर्न पूर्वाधार विकास, औद्योगिक एवं पर्यटकीय पूर्वाधार, स्वच्छ ऊर्जा, सूचना तथा प्रविधि, कृषि प्रशोधन एवं स्वास्थ्य तथा शिक्षा लग

विप्रेषण र पर्यटन वृद्धिमा पहल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै विप्रेषण भित्र्याउन र बाह्य पर्यटक आगमन बढाउन पहल गर्न विदेशस्थित नेपाली नियोग प्रमुखहरूलाई निर्देशन दिएका छन् । दुई दर्जनभन्दा बढी मुलुकका राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूतसहित विभिन्न देशका नियोग प्रमुखहरूसँग आइतवार दिउँसो भर्चुअल बैठक गर्दै उनले उक्त निर्देशन दिएका हुन् । सरकार विदेशी मुद्राको सञ्चिति बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनुपर्ने दबाबमा रहेको भन्दै अर्थमन्त्री शर्माले यसका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए । ‘हामीलाई यतिबेला विदेशी विनिमय सञ्चिति बढाउनुपर्ने दबाब छ । यसमा तपाईंहरूले विशेष भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने, ‘विप्रेषणको रूपमा पैसा पठाउन त्यहाँका नागरिकलाई प्रोत्साहन गर्नुस् । पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम गरी धेरैभन्दा धेरै पर्यटक नेपाल आउने वातावरण सृजना गर्नुस् ।’ चैतमा ९१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको जानकारी दिँदै उनले आगामी महीना यसलाई बढाउन खाँचो रहेको उनले बताए । ‘विप्रेषण बढाउन विभिन्न प्याकेज ल्याउन लागेका छौं । रेमिट गर्नेहरूलाई आईपीओ र एफपीओमा निश्चित प्रतिशत आरक्षण दिनेसम्मको गृहकार्य भएका छन्,’ उनले भने । अर्थमन्त्री शर्माले लगानी सम्मेलन आयोजना गरी नेपालमा विदेशी लगानी बढाउने वातावरण सृजना गर्नुपर्ने पनि बताए । ‘अलि ठूला परियोजना बनाउँदा मात्र ऋण लिने र यस्तो ऋण सम्बन्धित परियोजनाले नै तिर्नसक्ने किसिमले लिनेगरी मोडालिटी बनाउँदै छौं,’ उनले भने, ‘गैरआवासीय नेपालीलाई पनि डलरमा खाता खोल्न धेरै सहज बनाइसकेका छौं ।’ यसैगरी कुन देशमा कस्तो वस्तुको माग रहेको र नेपालमा त्यसको उत्पादन हुन सक्ने भए सुझाव दिन पनि उनले आग्रह गरे । अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्र दबाबमा रहेको र यसलाई विस्तारै सुधार गर्ने दिशामा सरकार अघि बढेको बताएका थिए । कार्यक्रममा कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले अर्थतन्त्र दबाबमा भएकाले सबै मिलेर सुधार गर्नुपर्ने खाँचो रहेको औंल्याइन् ।

लगानी भित्र्याउन प्रतिफलयोग्य परियोजना बनाउन अर्थमन्त्रीको निर्देशन

लगानी बोर्डको कार्यालय र उद्योग वाणिज्य महासंघबीच स्वदेशी पुँजी जुटाउने र विदेशी लगानी भित्र्याउने विषयमा सहकार्य गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आइतबार हस्ताक्षर गरेका हुन् ।अर्थमन्त्री शर्माले ठूला परियोजनामा लगानी जुटाउनु आवश्यक रहेको बताउँदै प्रतिफल […]

आफैं पूँजी जुटाएर ठूला परियोजना अघि बढाउन लगानी बोर्डलाई अर्थमन्त्रीको निर्देशन

अर्थमनत्री शर्माले परपम्परागत विकासको संस्कृतिलाई बदलेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । लगानी बोर्डमा आउने परियोजनालाई अध्ययनका लागि भन्दै लामो समयसम्म फाइल अड्काउने प्रवृत्ति ठीक नभएको उहाँको भनाइ छ ।

कृषि क्षेत्रमा लगानी दोब्बर बनाउन अर्थमन्त्रीको निर्देशन

कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन् । सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले बैंकलाई कृषि क्षेत्रमा कम्तीमा दुई गुणा लगानी बढाउन आग्रह गरेका हुन् ।‘यो ५७औं वार्षिकोत्सव समारोह सँगसँगै बन्ने नयाँ कार्यक्रममा यहाँहरूले आफ्नो ११ प्रतिशत कृषि क्षेत्रको लगानी, ५ प्रतिशत […]

उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन बैंकहरूलाई अर्थमन्त्रीको निर्देशन

कृषि लगायत उत्पादनमुलक क्षेत्रमा व्यापक लगानी विस्तार गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुलाई निर्देशन दिएका छन् । आन्तरिक उत्पादन वृद्धि नगरी दीगो आर्थिक विकास सम्भव नहुने भन्दै अर्थमन्त्री शर्माले उत्पादनमुलक क्षेत्रमा लगानी विस्तार गर्न बैंकहरुलाई निर्देशन दिएका हुन् ।

लगानीकर्ताको समस्यामा सहजीकरण गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं (अस) । अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताको समस्यामा तत्काल सहजीकरण गर्न  लगानी बोर्डका अधिकारीहरूलाई निर्देशन दिएका छन् । आइतवार बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्ताहरूसँगको छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले उक्त निर्देशन दिएका हुन् । अर्थमन्त्री शर्माले आयोजनाहरूको अवधि लम्बिनु कसैको पनि हितमा नहुने भन्दै लगानीकर्तालाई समयमै समस्याको जानकारी गराउन आग्रह गरेका छन् । ‘आयोजनाको निर्माण अवधि लम्बिँदा लगानी बढेर घाटा हुन्छ,’ उनले भने, ‘एउटा आयोजनाको फाइल डेढ महीनादेखि रोकिएको कुुरा आयो, यस्तो जानकारी समयमै हामीलाई गराउनुहोला । यसले सरकारलाई सहजीकरण गर्न र समस्याको समाधान गर्न छिटो अनि सहज हुन्छ ।’      समय नै सबैभन्दा ठूलो पूँजी भएको उनले बताए । ‘परियोजनाको समय बित्ने भनेको हाम्रो लगानी बढ्ने हो । अर्को ढंगले भन्ने हो भने हामीलाई घाटा हुने हो,’ उनले भने, ‘व्यावसायिक रूपर्ले हेर्ने हो भने पनि समय बिल्कुलै लम्ब्याउनु हुँदैन ।’ पुराना लगानीकर्तालाई थप लगानी गर्न उत्प्ररेणा जगाउने तथा नयाँ लगानीकर्तालाई समेत लगानीका लागि वातावरण तयार गर्ने प्रतिबद्धता मन्त्री शर्माले व्यक्त गरे । नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र त्यस्ता लगानीले मुलुकको विकासमा महŒवपूर्ण योगदान हुने भन्दै उनले सरकारले लगानी भिœयाउन थप अनुकूल वातावरण तयार पार्ने बताए । लगानी बोर्डको उपाध्यक्षसमेत रहेका मन्त्री शर्माले लगानी र आयोजनामा रहेका समस्या, अहिलेको अवस्था र समाधानका उपायसहितको टिपोट बनाएर दिन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई निर्देशन दिए । यसैबीच, बोर्डको कार्यालयमा ‘इन्भेस्टर्स लाउन्ज’ सञ्चालनमा ल्याइएको छ । अर्थमन्त्री शर्माले उक्त लाउन्जको उद्घाटन गरेका हुन् । उक्त अवसरमा उनले लगानीकर्तालाई कानूनले भ्याएसम्मका सुविधा दिन सरकार तयार रहेको भन्दै निर्धक्क भएर लगानी गर्न आग्रह गरे । ‘इन्भेस्टर्स लाउन्ज’ कक्षबाट नेपालमा लगानीका सम्भावना, क्षेत्रहरू, परियोजना बैंकमा समावेश भएका आयोजनाबारे जानकारी दिइनुका साथै लगानीकर्ताका लागि अनलाइन सेवा उपलब्ध हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले जानकारी दिए ।