रोजगारी सिर्जना र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा उद्योगीहरुले जोड दिएका छन । नेपाल उद्योग व्यवसाय महासंघ लुम्बिनी प्रदेश कमिटी र रुपन्देही जिल्ला समितिको संयुक्त आयोजनामा आज भएको बडा दसैंको शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरुले सो धारणा राखेका हुन । नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष तथा लुम्बिनी प्रदेश सरकारका पूर्व उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री लीला गिरीले रोजगारीको सिर्जना, उत्पादनमूलक क्षेत्रको विस्तार र सक्रियता, लगानीमैत्री वातावरण र निर्यात प्रवद्र्धन