डिजिटल भुक्तानीले सेवामा सहजता

कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले संघीय सरकार तथा प्रदेश सरकारको भुक्तानी डिजिटल प्रविधिबाट भुक्तानी गर्न सुरू गरेपछि सेवाग्राहीलाई सहजता भएको छ ।डिजिटल प्रविधिबाट सेवा दिन थालेपछि सहज भएको सेवाग्राही बताउँछन् । कामका लागि सरकारी कार्यालयसम्म आउन पर्ने बाध्यता हटेको कोष तथा लेखा नियन्त्रका कार्यालय दाङका सूचना अधिकारी अर्जुन कुमार डि सी ले बताए । […]

सम्बन्धित सामग्री

क्याप्टेन विजय लामा बने ई - सेवा ट्राभल्स एण्ड टुर्सका ब्राण्ड एम्बेष्डर

फागुन १४, काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा ई - सेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेष्डर नियुक्त भएका छन् । शुक्रवार एक कार्यक्रमका बीच ब्राण्डएम्बेष्डर नियुक्त सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कार्यक्रममा ई - सेवाका प्रमुखकार्यकारी अधिकृत सुभास सापकोटा र क्याप्टेन विजय लामा बीच सम्झौतापत्रमा हस्ताक्षर भयो । क्याप्टेन बिजय लामा ब्राण्ड एम्बेष्डर नियुक्त भएसँगै अन्तरराष्ट्रिय हवाइ टिकट क्षेत्रमा थप पारदर्शीता कायम हुनुका साथै आममानिसले कम मूल्यमा सहज रुपमा टिकट काट्न सक्ने अपेक्षा गरिएको छ ।  कार्यक्रममा बोल्दै ई - सेवाका प्रमुख कार्यकारी अधिकृत सापकोटाले उनी जस्तो बहुआयामिक व्यक्तिलाई ब्राण्ड एम्बेष्डर बनाउन पाउँदा गर्व महशुस भएको बताएका छन् ।  यस्तै कार्यक्रममा ब्राण्ड एम्बेष्डर विजय लामाले नेपालको डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी ई - सेवासँग जोडिन पाउँदा खुशी लागेको बताए ।  कार्यक्रममा एफवान सफ्टका सीईओ सुवास शर्मा, ई - सेवा टुर्सका निर्देशक मेख केसीले पनि अन्तरराष्ट्रिय टिकेटिङ्गको क्षेत्रमा ई - सेवाले थप सहजता ल्याउने विश्वास व्यक्त गरे ।  ई - सेवाले नेपालको आन्तरिक उडानको क्षेत्रमा लामो समयदेखि टिकट विक्री गर्दे आएकोमा अन्तरराष्ट्रिय उडानहरुको समेत टिकट विक्री गर्न शुुरु गरेको छ ।  ई - सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । ई - सेवामा हाल ५१ ओटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई - सेवामा सहजै रकम जम्मा गर्न तथा ई सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ

भरतपुरमा नक्सा पास प्रक्रिया पेपरलेस प्रविधिबाट शुरु

भदौ ४, चितवन । भरतपुर महानगरपालिकाले नक्सा पास प्रक्रियालाई पेपरलेस प्रविधिमा रुपान्तरण गरेको छ । यसअघि सेवाग्राहीले कागजी फाइल बोकेर पास पर्ने बाध्यताको अन्त्य गर्दै शुक्रवारदेखि अनलाईन प्रविधिमा फड्को मारेको हो ।  शुक्रवार महानगरमा एक कार्यक्रमका बीच अनलाइन भवन निर्माण अनुमती प्रक्रियाको सफ्टवेयरको प्रमुख मेयर रेनु दाहालले १५ दिने सूचना सेवाग्राहीलाई उपलब्ध गराएर घर नक्साको शुभारम्भ गरेकी हुन् ।    शुभारम्भ कार्यक्रममा बोल्दै दाहालले भरतपुर महानगरले प्रविधिको प्रयोग गरी कामलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्दै सेवाग्राहीलाई घरमै बसेर सेवा लिन सक्ने वातावरण बनाउँदै लगेको बताइन् । सेवाग्राहीलाई अनावश्यक कार्यालयमा हुने झन्झटबाट मुक्ति दिन पनि अनलाइन प्रविधिमा आफूहरु अगाडि बढेको उनको भनाइ थियो   । यो शुभारम्भ भएसँगै कामप्रति कर्मचारीलाई थप जवाफदेही गराउने र सेवाग्राहीलाई यसले धेरै फाइदा पुग्ने उनका विश्वास छ ।  भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालले करीब २० लाख खर्च लाग्ने सो सफ्टवेयर भरतपुर महानगरलाई निःशुल्क रुपमा बनाएर हस्तान्तरण गरेको महानगरका वरिष्ठ इन्जिनियर्स सुर्यप्रकाश लामाले बताए । यो सफ्टवयरले घरमै बसेर नक्सा पास गर्न सकिने उनको भनाइ छ । भुकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले सुरक्षित सहर र व्यवस्थित भवन निर्माण गर्दै स्मार्ट सिटी निर्माण गर्न यो सफट्वेयरले महत्वपूर्ण भुमिका खेल्ने बताए । यो सफ्टवेयर बहुउपयोगी हुने र यसले कर्मचारीलाई कामप्रति थप जवाफदेही बनाउने र सेवाग्राही समय र झन्झट कम हुने उनले बताए । यो सफ्टवेयरले कन्सल्टेन्सी र महानगरलाई थप उपभोक्ता सेवामा जिम्मेवार बनाएको सफ्टवेयर निर्माणमा काम गरेका इन्जिनियर सुमन प्रधानले बताए ।  कन्सल्टेन्सीले अनलाइनमा विवरण इन्ट्री गरेपछि नगरपालिकाको विभिन्न फाँटका इन्जिनियरले ठिक भए नभएको जाँच गरेपछि १५ दिने सूचना प्रकाशित हुने र त्यसपछि घर निर्माणको आवश्यक काम अगाडि बढ्ने उनको भनाइ छ । निर्माण पूरा भएपछि त्यही अनलाइनमा रेकर्ड भएको डाटाका आधारमा सम्पन्नता को प्रमाणपत्र सेवाग्राहीले पाउनेछन् । यसले महानगरमा निर्माण हुने भौतिक संरचनाको अनलाइन रेकर्डका साथै जिपिएस लोकेशनसमेत यकिन गरेर स्मार्ट सहर बनाउन सहजता मिल्ने उनको भनाइ छ ।   अहिलेको प्रणालीमा अनलाइन शुल्क भुक्तानी गर्ने र कामको प्रगति कति भयो भनेर सेवाग्राहीले हेर्न मिल्ने व्यवस्था सफ्टवेयरमा समावेश गरिएको  छैन । यसलाई पनि केही महीनाभित्र समावेश गर्ने योजना रहेको परामर्श दाता कम्पनीले बताएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले लामो समयको प्रयास र छलफलपछि महानगरले निकै राम्रो सफ्टवेयर सञ्चालनमा ल्याउन सफल भएको बताए । यसको माध्यामबाट सुशासन कायम हुने, आर्थिक पारदर्शीता हुने, कर्मचारीलाई कामप्रति थप जवाफदेही बनाउने र टेवुलमै आएर फाइल खोलेर हेर्नुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ ।

नेपाल बैंकले शुरु गर्‍यो क्रेडिट कार्ड सेवा

असार १४, काठमाडौं । नेपाल बैंकले क्रेडिट कार्ड सेवाको शुरुवात गरेको छ । निश्चित आयश्रोत एवम् भुक्तानी क्षमताको आधारमा ग्राहकको दैनिकजीवनमा आइपर्ने विभिन्न आवश्यकता पुरा गर्न सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त सेवा शुरुवात गरेको बताएको छ । बैंकले उक्त सुविधाअन्तर्गत क्रेडिट कार्ड सेवाको न्यूनतमसीमा २० हजार रुपैयाँदेखि अधिकतमसीमा ५ लाख रुपैयाँ कायम गरिएको बताएको छ ।  भिसा इन्टरनेशनलसँगको आवद्धतामा सञ्चालनमा ल्याइएको क्रेडिट कार्ड सेवाको प्रयोग पीओस टर्मिनल, एटीएम टर्मिनल तथा अनलाइन प्रणालीमार्फत विभिन्न वस्तु तथा सेवा भुक्तानीमा गर्न सकिनेछ । स्वीकृत कर्जा लिमिटको १० प्रतिशतसम्म उक्त  बैंक तथा भिसा इन्टरनेशनलमा आवद्ध बैंकहरुको एटीएम टर्मिनलबाट नगद भुक्तानी समेत लिन सकिनेछ । क्रेडिट कार्डको प्रयोग नेपाललगायत भारत र भुटान समेतमा प्रयोग गर्न सकिने भएबाट यसको उपयोगले लक्षितवर्गको भुक्तानी प्रणालीमा सहजता पुर्‍याउने विश्वास लिएको बैंकले बताएको छ ।   भर्चुअल विधिबाट गरिएको कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीले सोमवार बैंकका ग्राहक निर्मल प्रधानलाई क्रेडिट कार्ड हस्तान्तरण गर्दै क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेका हुन् । सो अवसरमा अध्यक्ष मरासिनीले क्रेडिट कार्ड सेवाको प्रारम्भले डिजिटल प्रविधिमार्फत बैंकको ग्राहक सेवामा नेपाल बैंक थप एक कदम अगाडी आएको बताए ।  यसैगरी बैंक सञ्चालक समितिका सदस्य विवेक शम्शेर जबराले नयाँ विशेषतासहितको क्रेडिट कार्ड सेवा प्रारम्भ गरेकोमा बैंक परिवारलाई धन्यवाद दिएका थिए ।