फागुन १४, काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा ई - सेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेष्डर नियुक्त भएका छन् ।
शुक्रवार एक कार्यक्रमका बीच ब्राण्डएम्बेष्डर नियुक्त सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कार्यक्रममा ई - सेवाका प्रमुखकार्यकारी अधिकृत सुभास सापकोटा र क्याप्टेन विजय लामा बीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।
क्याप्टेन बिजय लामा ब्राण्ड एम्बेष्डर नियुक्त भएसँगै अन्तरराष्ट्रिय हवाइ टिकट क्षेत्रमा थप पारदर्शीता कायम हुनुका साथै आममानिसले कम मूल्यमा सहज रुपमा टिकट काट्न सक्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बोल्दै ई - सेवाका प्रमुख कार्यकारी अधिकृत सापकोटाले उनी जस्तो बहुआयामिक व्यक्तिलाई ब्राण्ड एम्बेष्डर बनाउन पाउँदा गर्व महशुस भएको बताएका छन् ।
यस्तै कार्यक्रममा ब्राण्ड एम्बेष्डर विजय लामाले नेपालको डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी ई - सेवासँग जोडिन पाउँदा खुशी लागेको बताए ।
कार्यक्रममा एफवान सफ्टका सीईओ सुवास शर्मा, ई - सेवा टुर्सका निर्देशक मेख केसीले पनि अन्तरराष्ट्रिय टिकेटिङ्गको क्षेत्रमा ई - सेवाले थप सहजता ल्याउने विश्वास व्यक्त गरे ।
ई - सेवाले नेपालको आन्तरिक उडानको क्षेत्रमा लामो समयदेखि टिकट विक्री गर्दे आएकोमा अन्तरराष्ट्रिय उडानहरुको समेत टिकट विक्री गर्न शुुरु गरेको छ ।
ई - सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । ई - सेवामा हाल ५१ ओटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई - सेवामा सहजै रकम जम्मा गर्न तथा ई सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ