भरतपुरमा नक्सा पास प्रक्रिया पेपरलेस प्रविधिबाट शुरु

भदौ ४, चितवन । भरतपुर महानगरपालिकाले नक्सा पास प्रक्रियालाई पेपरलेस प्रविधिमा रुपान्तरण गरेको छ । यसअघि सेवाग्राहीले कागजी फाइल बोकेर पास पर्ने बाध्यताको अन्त्य गर्दै शुक्रवारदेखि अनलाईन प्रविधिमा फड्को मारेको हो ।  शुक्रवार महानगरमा एक कार्यक्रमका बीच अनलाइन भवन निर्माण अनुमती प्रक्रियाको सफ्टवेयरको प्रमुख मेयर रेनु दाहालले १५ दिने सूचना सेवाग्राहीलाई उपलब्ध गराएर घर नक्साको शुभारम्भ गरेकी हुन् ।    शुभारम्भ कार्यक्रममा बोल्दै दाहालले भरतपुर महानगरले प्रविधिको प्रयोग गरी कामलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्दै सेवाग्राहीलाई घरमै बसेर सेवा लिन सक्ने वातावरण बनाउँदै लगेको बताइन् । सेवाग्राहीलाई अनावश्यक कार्यालयमा हुने झन्झटबाट मुक्ति दिन पनि अनलाइन प्रविधिमा आफूहरु अगाडि बढेको उनको भनाइ थियो   । यो शुभारम्भ भएसँगै कामप्रति कर्मचारीलाई थप जवाफदेही गराउने र सेवाग्राहीलाई यसले धेरै फाइदा पुग्ने उनका विश्वास छ ।  भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालले करीब २० लाख खर्च लाग्ने सो सफ्टवेयर भरतपुर महानगरलाई निःशुल्क रुपमा बनाएर हस्तान्तरण गरेको महानगरका वरिष्ठ इन्जिनियर्स सुर्यप्रकाश लामाले बताए । यो सफ्टवयरले घरमै बसेर नक्सा पास गर्न सकिने उनको भनाइ छ । भुकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले सुरक्षित सहर र व्यवस्थित भवन निर्माण गर्दै स्मार्ट सिटी निर्माण गर्न यो सफट्वेयरले महत्वपूर्ण भुमिका खेल्ने बताए । यो सफ्टवेयर बहुउपयोगी हुने र यसले कर्मचारीलाई कामप्रति थप जवाफदेही बनाउने र सेवाग्राही समय र झन्झट कम हुने उनले बताए । यो सफ्टवेयरले कन्सल्टेन्सी र महानगरलाई थप उपभोक्ता सेवामा जिम्मेवार बनाएको सफ्टवेयर निर्माणमा काम गरेका इन्जिनियर सुमन प्रधानले बताए ।  कन्सल्टेन्सीले अनलाइनमा विवरण इन्ट्री गरेपछि नगरपालिकाको विभिन्न फाँटका इन्जिनियरले ठिक भए नभएको जाँच गरेपछि १५ दिने सूचना प्रकाशित हुने र त्यसपछि घर निर्माणको आवश्यक काम अगाडि बढ्ने उनको भनाइ छ । निर्माण पूरा भएपछि त्यही अनलाइनमा रेकर्ड भएको डाटाका आधारमा सम्पन्नता को प्रमाणपत्र सेवाग्राहीले पाउनेछन् । यसले महानगरमा निर्माण हुने भौतिक संरचनाको अनलाइन रेकर्डका साथै जिपिएस लोकेशनसमेत यकिन गरेर स्मार्ट सहर बनाउन सहजता मिल्ने उनको भनाइ छ ।   अहिलेको प्रणालीमा अनलाइन शुल्क भुक्तानी गर्ने र कामको प्रगति कति भयो भनेर सेवाग्राहीले हेर्न मिल्ने व्यवस्था सफ्टवेयरमा समावेश गरिएको  छैन । यसलाई पनि केही महीनाभित्र समावेश गर्ने योजना रहेको परामर्श दाता कम्पनीले बताएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले लामो समयको प्रयास र छलफलपछि महानगरले निकै राम्रो सफ्टवेयर सञ्चालनमा ल्याउन सफल भएको बताए । यसको माध्यामबाट सुशासन कायम हुने, आर्थिक पारदर्शीता हुने, कर्मचारीलाई कामप्रति थप जवाफदेही बनाउने र टेवुलमै आएर फाइल खोलेर हेर्नुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ । 

सम्बन्धित सामग्री

दाङ : तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सा पास नगर्नेको सेवा कटौती गर्ने

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सा पास नगर्नेको सेवा कटौती गर्ने भएको छ । उपमहानगरपालिकाको ११ औँ कार्यपालिका बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सा पास नगर्नेलाई पानी, विद्युत्, टेलिफोनलगायतका लागि सिफारिस नदिने निर्णय गरेको हाे । उपमहानगरपालिकाले नक्सा पास नगरि निर्माण गरिएका कच्ची वा पक्की घर असार मसान्तभित्र सूचीकृत गर्न आग्रह गरेको छ । गाउँमा झण्डै ९० प्रतिशत घर नक्सापास नगरि निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख ललित घर्तीले जानकारी दिनुभयो ।&n...

बनिसकेका घरको नक्सा पास गर्न महानगरमा ७ हजार बढी निवेदन

२२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकामा निर्माण सम्पन्न भइसकेका घरको नक्सा पास गर्न ७ हजारभन्दा बढी निवेदन परेको छ । गत २३ भदौ २०७९ मा मापदण्ड पुगेका तर नक्सा पास नगरी निर्माण भएका भवनको नक्सा पेश गर्न महानगरले ९० दिनको समय दिंदै निवेदन आह्वान गरेको थियो । सोही सूचनालाई आधार मानेर अहिले नक्सा पास गर्न […]

मापदण्डमा बनेका भवनको ९० दिनभित्र नक्सा पास गर्न महानगरको निर्देशन

काठमाडौं, भदौ २३ । काठमाडौं महानगरपालिकाले मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरूलाई ३ महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको छ । महानगरपालिकाले नगर सभाको ११ औं अधिवेशनबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम अनुसार एक वर्षभित्रमा नक्सा पास गर्न बिहीवार सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको हो । महानगर क्षेत्रभित्र निर्माण […]

मापदण्डमा बनेका भवनको ९० दिनभित्र नक्सा पास गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरले मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरुलाई ३ महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको छ।...

मापदण्डमा बनेका भवनको ९० दिनभित्रमा नक्सा पास गर्न काठमाडौं महानगरको निर्देशन

अनधिकृत संरचना हटाउन तदारुकता देखाएको काठमाडौं महानगरपालिकाले मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरुलाई ३ महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको छ । महानगरपालिकाले ९० दिनभित्र नक्सा पास गर्न बिहीवार सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको हो । महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूले सूचना प्रकाशित भएको मितिले ९० दिनभित्र मा नक्सा पेस गरी नक्सा स्वीकृत गर्न आग्रह गरे

काठमाडौँ महानगरभित्रका घर, भवनलाई नक्सा पास गर्न महानगरले दियाे ९० दिनको समय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पास ९० दिनभित्र गरिसक्न आग्रह गरेको छ। महानगरको शहरी व्यवस्थापन विभागले आज सार्वजनिक सूचना निकालेर सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास गर्न भनिएको छ। नक्सा पास नगरी बनेका यस्ता संरचना ९० दिनभित्र नक्सा पास नगरे महानगरले कारबाही […]

काठमाडौं मल नै अवैध निर्माण, भुइँतलासम्मको मात्र नक्सा पास

काठमाडौं, भदौ १२ । सुन्धारा स्थित काठमाडौं मल नक्सा पास नगरी निर्माण भएको पाइएको छ । काठमाडौं महानगरपालिकामा मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ । भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो । महानगरले भवनमा दुई तलाको पार्किङका लागि मात्र नक्सा पास भएको र पास नक्सामा […]

'काठमाडौं मल' नै अवैध निर्माण, भुइँतलासम्मको मात्र नक्सा पास

सुन्धारा स्थित काठमाडौं मल नक्सा पास नगरी निर्माण भएको पाइएको छ । महानगरपालिकामा मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ । भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो । महानगरले भवनमा दुई तलाको पार्किङका लागि मात्र नक्सा पास भएको र पास नक्सामा सटरहरु राखिएको जनाएको छ । गत बुधबार मलमा निर्माण गरिएको अनधिकृत संरचना महानगरपालिकाले हटाएको थियो । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

महानगर भन्छ : राहदानी विभागको नयाँ भवनको नक्सा पास भेटिएन

१० भदौ, काठमाडौं ।  राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको काठमाडौं महानगरपालिकाले बताएको छ । राहदानी विभागले गत वर्ष मात्रै यो भवन बनाएको थियो । कन्सुलर सेवा विभाग समेत रहेको यो भवनको नक्सा पास नै नरहेको काठमाडौं महानगरपालिका भवन निर्माण इजाजत विभागका एक अधिकारीले जानकारी दिए । विभागले यो भवन १ अर्ब ५ करोड […]

नक्सा पास गर्ने अधिकार सर्वोच्चलाई दिऊँ: मेयर बालेन

उनले लेखेका छन्, 'नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ।'...