काठमाडौंको भृकुटीमण्डपमा बुधबार आगलागी भएको छ । आगलागी नियन्त्रण लिन भएका काम कारबाहीबारे जानकारी लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह घटनास्थलमा पुग्नुभएको छ । यतिबेला आगलागी नियन्त्रणमा आएको छ । ह्वील चेयरको गोदाममा आगलागी काठमाडौं र ललितपुरका दमकल, सुरक्षाकर्मी र स्थानीयबासीको अथक प्रयासमा नियन्त्रणमा लिएका हुन् ।