नेपाली जनताको लामो संघर्ष र बलिदानको उपलब्धिका रुपमा प्राप्त लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता र संघीयतालाई संस्थागत गर्ने विषयमा संविधान जारी भएको आठ वर्षमा ठूलो उपलब्धि हासिल भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणापछि भएको निर्वाचनबाट गठित सदनले विभिन्न राजनीतिक उथलपुथलका घटनाकाबीच संविधान अनुकूल बनाउन पर्ने सबै कानुनतर्जुमा गर्दै पूरा अवधि चल्नुलाई पनि उपलब्धिकारुपमा हेरिएको छ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, “यसबीचमा देखिएका