धनकुटा : गृहमन्त्री बालकृष्ण खाँणले एमसिसी कुनै सैन्य गठबन्धन नभई विकासको आयोजना भएको बताएका छन्। नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै मन्त्री खाँणले बिजुलीको तारबाट सेना र हतियार नभई बिजुली आउने बताएका हुन्।मन्त्री खाँणले अमेरिकी सेना आए त्यसको जिम्मा कांग्रेसले जिम्मा लिने बताउँदै नेपालमा डिजेल र पेट्रोलको माग बढी भएकाले बिजुलीको उत्पादन बढाउन आवश्यक रहेकाले एमसिसी जस्ता परियोजना आवश्यक रहेको बताए।फरक प्रसंगमा मन्त्री खाँणले मुलुकको संविधान र लोकतन्त्र रक्षाका लागि गठबन