प्रचण्डलाई ओलीको प्रश्न– लोकेन्द्र विष्टहरूले किन आन्दोलन छाड्नुपर्‍यो ? हिजो ज्यान दिनेको अवस्था के छ ?

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डमाथि पूर्व माओवादी कार्यकर्तालाई अलपत्र पारेको आरोप लगाएका छन् ।  ‘लोकेन्द्र विष्ट आज किन कम्युनिस्ट आन्दोलन छाडेर कालो मार्सी र ड्र्यागन फूडको खेती गर्नुभएको छ । हिजो कालीबहादुर खाम चाहिन्छ, आज किन चाहिँदैन ? हिजो बचाउन ज्यान दिनेको के अवस्था के छ ? बेसहाराको उहाँलाई चिन्ता छ ?’ बुधवार सुदूरपश्चिमका कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले भने ।   ओलीले प्रचण्डसँगको सम्झौताले आफ्नो ब्रिफकेस भरिएको भन्दै अरू कति सम्झौता गर्ने भनेर ...

सम्बन्धित सामग्री

कांग्रेसलाई ओलीको प्रश्न- ८७ सिटले संविधान संशोधन हुन्छ ? [भिडियो]

कांग्रेस एक्लैले संविधान संशोधन गर्न सक्ने अवस्था नरहेको ओलीको भनाई थियो ।

संसदमा ओलीको प्रश्न : गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ?

काठमाडौँ- प्रमुख  प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटले देश र जनताको आर्थिक अवस्था सुधार्न नसक्ने बताएका छन् । ​ मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्षको २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सहभागी हुँदै उनले आयस्रोत बढाएर देशको आर्थिक अ...

संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ?

काठमाडौं । प्रमुख  प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटले देश र जनताको आर्थिक अवस्था सुधार्न नसक्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्षको २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सहभागी हुँदै उनले आयस्रोत बढाएर देशको आर्थिक अवस्था सुधार्न सक्ने गरी बजेट नल्याएको दाबी गरे […]

सरकारलाई ओलीको प्रश्न : कृष्णप्रसाद अधिकारीलाई किन न्याय नदिएको ?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको विषयमा सरकारले चासो नदिएको बताएका छन्।आफ्ना छोराको न्यायका लागि अनशनका क्रममा ज्यान गुमाएका अधिकारीको शव अस्पतालमा रहेकाले यसतर्फ सरकारको ध्यान नगएको उनले बताएका हुन्। शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सामाजिक न्यायको कुरा गर्ने सरकारले कृष्णप्रसादको शव अस्पतालमा रहेको र उनकी श्रीमतीको अवस्था नाजुक रहँदा पनि वास्ता नगरेको बताए। ‘गोरखाको फु

प्रचण्डलाई ओलीको प्रश्न : लडाकुका नाममा भत्ता कुम्ल्याएको होइन?

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारबादमा रमाएको आरोप लगाएका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जनयुद्धको नाममा आफ्नो परिवारभन्दा अरु केही नदेखेको बताएका हुन्। ‘प्रचण्डको बारेमा धेरै भन्नु छैन। युवाहरुलाई भावनामा बगाएर अनेक गतिविधि गर्नुभयो। सहिदका परिवारको अवस्था के छ? तपाइँलाई त आफ्नै परिवार सुम्सुम्याएर बस्दा ठिक भएको छ। किन जनयुद्धका थोत्रा कुरा गर्न

प्रधानमन्त्रीलाई ओलीको प्रश्न – नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ कि छैन ?

काठमाडौँ–  पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ या छैन भनेर  प्रधानमन्त्री देउवालाई प्रश्न गरेका छन् । सरकारको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आज सरकारले एक चीन नीतिप्रति प्रश्न उठाउने अवस्था बनाएको बताएका हुन् । गठबन्धन जोगाउने नाममा म्यादी सरकारले परराष्ट्र नीतिमा पक्षधरता लिएको आरोप पनि […]