सरकारलाई ओलीको प्रश्न : कृष्णप्रसाद अधिकारीलाई किन न्याय नदिएको ?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको विषयमा सरकारले चासो नदिएको बताएका छन्।आफ्ना छोराको न्यायका लागि अनशनका क्रममा ज्यान गुमाएका अधिकारीको शव अस्पतालमा रहेकाले यसतर्फ सरकारको ध्यान नगएको उनले बताएका हुन्। शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सामाजिक न्यायको कुरा गर्ने सरकारले कृष्णप्रसादको शव अस्पतालमा रहेको र उनकी श्रीमतीको अवस्था नाजुक रहँदा पनि वास्ता नगरेको बताए। ‘गोरखाको फु

सम्बन्धित सामग्री

केपी ओलीको प्रश्न : यो देशमा न्याय छैन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको विरोध गर्नुभएको छ ।

ओलीको प्रश्न- रविको सांसद पद खोसेर कसले न्याय पायो ?

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खोसेर कसले न्याय पायो भन्ने प्रश्न गर्नुभएको छ । आइतबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीले एउटा असम्बिन्धत व्यक्तिको उजुरीका आधारमा नागरिकता खारेज गरेकोप्रति असन्तुष्टि जनाउँदै रवि लामिछानेको नागरिकताले कसलाई अन्याय परेको रहेछ भन्ने प्रश्न समेत गर्नुभएको छ । जनताबाट …

न्यायपालिकाको निष्पक्षतामा ओलीको प्रश्न

प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद्मार्फत कतिपय न्यायाधीशमाथि छानीछानी बदला लिने ढंगले कारबाही अघि बढाउने र सत्ता गठबन्धनलाई सहज हुने फैसला तथा आदेश दिने क्रम बढिरहेको भन्दै न्यायपालिकाको निष्पक्षतामाथि प्रश्न उठाएका छन् । संवैधानिक परिषद्का सदस्यसमेत रहेका कामु प्रधानन्यायाधीशको भूमिकामाथि आशंका गर्दै उनले न्यायपालिका निष्पक्ष नभएमा […]

प्रधानमन्त्री ओलीको प्रश्न : विदेशीका लागि ‘कम्फर्टेवल’ सरकार बनाउन किन दिने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काका लागि कम्फर्टेवल सरकार नभई नेपाल र नेपाली जनताका लागि कम्र्फटेबल सरकार चाहिएको बताउनुभएको छ । मंगलबार झापामा पुर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उहाँले अरुका लागि होइन नेपालीका लागि कम्फर्टेवल सरकार चाहिएको र त्यो आफू नेतृत्वको सरकार भएको दाबी गर्नुभयो । केही दिनअघि नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले ‘आफू, नेपाली कांग्रेस र जसपा मिलेर सरकार बनाउँदा भारतका लागि कन्फर्टेवल हुने’ भनेर दिएको अभिव्यक्तिप्रति ओलीको आक्रोश थियो । प्रधानमन्त्री ओलीले आफुलाई प्रधानमन्त्री पदबाट हटाए दुई बर्षपछि दुईतिहाइ बहुमत सहित सिंहदरबार फर्कने उद्घोष पनि गर्नुभयो । उहाँले प्रधानमन्त्रीबाट कसैले हटाईहाले पनि अर्को चुनावमा दुईतिहाई मत ल्याउने दाबी गर्नुभएको हो । तर उहाँले आफुलाइृ हटाउन सजिलो नभएको भन्दै हटाएर देखाउन चुनौति पनि दिनुभयो । आफुले कुनै पदका लागि मुद्दा नलडेको भन्दै प्रचण्डमाधव समुहलाई व्यंग्य पनि गर्नुभयो । आफु राजनीति गर्ने व्यक्ति भएकाले न्याय माग्न जनता माझ जाने र जनताले न्याय दिने विश्वास उहाँले व्यक्त गर्नुभयो । उहाँले प्रतिनिधिसभा विघटनलाई खारेज गर्ने सर्वोच्च अदालतको फैसलाको फागुन २३ गते पछि प्रतिनिधिसभाको बैठकमा परीक्षण हुने बताउनुभयो ।