कुटपीटको विरोधमा आइतवार स्वास्थ्य सेवा बन्द गर्ने नेपाल चिकित्सक संघको निर्णय

काठमाडौं । नेपाल चिकित्सक संघले चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आइतवार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ । संघले देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालबाट प्रवाह हुने आकस्मिकबाहेक सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष डा. लोचन कार्कीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाप्रति संघले गम्भीर ध्यानकर्षण भएको बताए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका निम्ति आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न संघको कार्यकारिणी समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । -रासस

सम्बन्धित सामग्री

चिकित्सक संघको निर्वाचन : यस्ता छन् अध्यक्ष उम्मेदवारका एजेण्डा

काठमाडौं :  चिकित्सकको साझा संगठन नेपाल चिकित्सक संघ (एनएएम) को २०७९–०८२ कार्यकालका लागि आगामी माघमा निर्वाचन हुँदैछ। उपत्यकाबाहिर ६ र ७ गते तथा उपत्यकामा माघ १९, २० र २१ गते निर्वाचन तय भएको छ। यसपटक पेशागत समावेशी समूहबाट डा.सन्तोष पौडेलले अध्यक्षमा उम्मेदवारी दिएका छन्। यस्तै लोकतान्त्रिक समूहले समावेशी समूहबाट डा.अनिलविक्रम कार्कीको उम्मेदवारी परेको छ।डा.पौडेलले चिकित्सकहरूको हकहित एवं एकताको प्रवर्धन गर्दै देशको स्वास्थ्य सेवा एवं स्वास्थ्य शिक्षाको विकासका निम्ति

आजदेखि दाङमा इमरजेन्सीबाहेकका स्वास्थ्य सेवा बन्द गरिने

दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि भएको आक्रमणको बिरोधमा आजदेखि दाङका सम्पूर्ण स्वास्थ्य संस्थामा इमरजेन्सीबाहेकका स्वास्थ्य सेवा बन्द गरिने भएको छ । नेपाल चिकित्सक संघ दाङ शाखाले विज्ञप्ति जारी गरी यस्तो जानकारी गराएको हो । संघले सरकारी तथा निजी क्षेत्रमा कार्यरत सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सेवा...

कोभिड र आकस्मिकबाहेकका स्वास्थ्य सेवा बहिष्कार गर्ने घोषणा

काठमाडौं : नेपाल चिकित्सक संघ (एनएमए) ले आइतबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाका आकस्मिक र कोभिड-१९ बाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ।  २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नबनेको भन्दै चिकित्सक संघले यस्तो निर्णय लिएको हो। संघका महासचिव डा बद्री रिजालले एक विज्ञप्ति निकाल्दै ...