काठमाडौँ : स्वास्थ्य सेवातर्फ अधिकृत स्तरका स्वास्थ्यकर्मीहरूको सरकारी सेवामा प्रवेश गर्ने उमेरहद ४५ वर्ष कायम राख्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ।स्वास्थ्यकर्मीहरूका तर्फबाट नेपाल चिकित्सक संघ (एनएमए)ले नेपाल सरकारलाई विपक्षी बनाएर हालेको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले उक्त आदेश जारी गरेको हो।न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सरकारका नाममा अन्तरिम आदेश दिनुका साथै कारण देखाउ आदेशसमेत दिएको हो।स्वास्थ्य सेवा ऐन, २०५३ को दफा १२ मा स्वास्थ्यतर्फ अधिकृत तहको