काठमाडौं : नेपाल चिकित्सक संघ (एनएमए) ले आइतबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाका आकस्मिक र कोभिड-१९ बाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ।
२७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नबनेको भन्दै चिकित्सक संघले यस्तो निर्णय लिएको हो। संघका महासचिव डा बद्री रिजालले एक विज्ञप्ति निकाल्दै ...