ललितपुर महानगरपालिका–१९ ठगुटोलमा अवस्थित प्राचीन अग्निशालामा तामाको छानो फेरिएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज पाँच हजार वर्ष पुरानो अग्निशालामा जस्ताको छानो हटाएर तामा हालेपछि उद्घाटन गरे । उनले भने, “काठमाडौँ उपत्यकाका साथै ललितपुरको एकमात्रै यस प्राचीन धरोहर विश्व सम्पदा क्षेत्रमा सूचीकृत हुन जरुरी छ ।” सो ऐतिहासिक धरोहरमा तामा हालिएसँगै थप पहिचान अघि बढ्ने महर्जनको बुझाइ छ ।उपप्रमुख गीता सत्यालले सो अग्निशाला मुलुकको एकमात्रै पुरानो महत्वपूर्ण गहना रहे